Published On:Friday, April 3, 2015
Posted by Unknown
नेपालमा ६४ देशका २५ सय व्यापारी
२१ चैत, काठमाडौं । भारतबाहेक ६३ देशका दुई हजार पाँच सयभन्दा बढी नागरिक बिजिनेस भिसा लिएर नेपालमा बस्दै आएका छन् । तर, उनीहरुका गतिविधिमाथि सरकारले अनुगमन नै गर्दैन । यसरी आएका कतिपय विदेशी त आपराधिक क्रियाकलापमा समेत संलग्न रहेको पाइएको छ ।
अध्यागमन विभागका अनुसार बिजनेस भिसा लिएर नेपालमा व्यवसाय गर्नेमा चिनियाँ धेरै छन् । त्यसपछि दक्षिण कोरियन र अमेरिकन छन् । अधिकांश नेपालीले नामै नसुनेका अजरबैजान, डोमेनिकन रिपलिब्लक, लिथुवानियाजस्ता देशका नागरिक पनि नेपालमा व्यवसाय गर्दै आएको नयाँ पत्रिकामा खबर छ ।
सन् २०१४ मा नौ सय ४९ चिनियाँ नागरिकले नेपालमा व्यवसाय गर्न बिजिनेस भिसा लिएको अध्यागमन विभागले जनाएको छ । त्यस्तै चार सय २९ कोरियन र तीन सय १७ अमेरिकन नागरिक पनि नेपालमा व्यवसाय गर्दै आएका छन् । जापानी, जर्मन, अस्ट्रेलियन, पाकिस्तानी पनि ठूलो संख्यामा रहेको अध्यागम विभागको तथ्यांक छ ।