Published On:Friday, April 3, 2015
Posted by my storry

५८ औं राष्ट्रिय सहकारी दिवस, सहकारीबाट आत्मनिर्भर बन्न सकिन्छ–अध्यक्ष बडाल

काठमाडौं, चैत्र २० । 
आज ५८ औैं राष्ट्रिय सहकारी दिवस । ‘आयात प्रतिस्थापन र सामाजिक न्यायका लागि सहकारी’ भन्ने मूल नाराका साथ देशभर धुमधामका साथ ५८ औं राष्ट्रिय दिवस मनाईएको छ । दिवसका अवसरमा अधिकांश जिल्लामा साताव्यापी कार्यक्रमहरु भएका छन् । 
दिवसको अवसरमा काठमाडौं जिल्ला संघ र  डिभिजन सहकारी कार्यालय सम्मिलित मूल आयोजक समितिले शुक्रबार  ¥याली सम्पन्न गरेको छ । ¥यालीमा हजारौं सहकारीकर्मीहरुको उपस्थिती रहेको थियो । 
¥याली समापन कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले सहकारीले उत्पादन वृद्वि गरी देशलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो । सहकारीले उत्पादन वृद्वि गर्न नसक्दासम्म देश उभो नलाग्ने उहाँको भनाई थियो । 
‘सहकारीले आयात प्रस्थिपन गर्न कृषि तथा गैर कृषिमा लगानी गर्न आवश्यक छ’ उहाँले भन्नुभयो– दिवसले सहकारीकर्मीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न उत्प्रेरित गर्ने छ’ उहाँले भन्नुभयो । 
देशले ७ अर्ब ब्यापार घाटा बोहोरिएकाले सहकारीले उत्पादन बढाई ब्यापार घाटा पूर्ति गर्नका लागि सम्पूर्ण सहकारी तथा सहकारीकर्मीलाई उत्पादन वृद्वि गर्न आह्वान गर्नुभयो । 
स्वाधानि अर्थतन्त्रका लागि सहकारी सबल खम्बा भएर उत्पादनका क्रियाकलाप बढाउनुपर्नेमा जोड दिनुभयो । सहकारीले उत्पादन वृद्वि गर्न सके तीनखम्बामा सहकारी सबल खम्बा बन्न सक्ने बडालले बताउनुभयो । 
‘अझै पनि उत्पादनमा ध्यान दिन सकेन भने देश आर्थिक संकत बोर्होनुपर्ने छ, त्यसले म सहकारीकर्मीहरुलाई अब उत्पादन वृद्वि गर्न केन्द्रित हुन आग्रह गर्दछु’ उहाँले भन्नुभयो । 
सहकारी विभागका रजिष्ट्रार विष्णुहरि पौडेलले सहकारीसँग बचत सीप र पूँजी भएकाले अब रचनात्मक काममा लगाउनुपर्नेमा जोड दिनुभयो । उत्पादनमा लगानी गर्न सके मात्र, विदेशी उत्पादनसँग प्रतिष्पर्धा गर्न सकिने बताउनुभयो । सहकारीले उत्पादन वृद्वि गर्दा सामाजिक न्याय पनि सँगसँगै हुने उहाँको भनाई थियो । 
राष्ट्रिय सहकारी बैंकका प्रबन्ध सञ्चालक केबी उप्रेतीले सहकारीले ठूलाठूला उद्योग सञ्चालन गर्न सके मात्र देशको व्यापार घाटा कम गर्न सकिने बताउनुभयो । ‘अहिले तीन खम्बामा सहकारी कमजोर खम्बा रुपमा स्थापित भएका छ, अब उत्पादन वृद्वि गर्न सकिएन भने अर्थतन्त्रको तीन खम्बेबाट हट्न सक्छ’ उहाँले भन्नुभयो । 
सहकारीलाई अझ बलियो खम्बा बनाउन बढीभन्दा बढी उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता देखिएको उहाँको भनाई थियो । ‘अब सहकारी गुणात्मक र व्यवससियक बन्न जरुरी छ, यसो हुन सके मात्र आयात प्रतिस्थापन गर्न सकिन्छ’ उहाँले भन्नुभयो । 

सहकारी पत्रकार समाज सम्मानित

५८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा नेपाल सहकारी पत्रकार समाज सम्मानित भएको छ । ५८ औं सहकारी दिवस मूल आयोजक समिति काठमाडौंले सञ्चार जगतबाट सहकारीको योगदान पु¥याएको कदर गर्दै सहकारी पत्रकार समाजलाई सम्मान गरेको होे । 
विभिन्न सञ्चारमाध्यममा रहेका पत्रकारलाई सशक्त बनाई सहकारीको समाचार सम्पे्रषणमा टेवा पु¥याएको मुल्यांकन गर्दै सहकारी पत्रकार समाजलाई पुरस्कृत गरेको हो । काठमाडौं जिल्ला संघका महासचिव खेमराज सुवेदी सञ्चारमार्फत सहकारीको विकासमा टेवा पु¥याएकाले चर्चा गर्दै समाजलाई सम्मनित  गरिएको बताउनुभयो । 
सहकारी दिवसका अवसरमा सहकारी पत्रकारसमाजसहित पाँच वटा प्ररम्भीक सहकारी पनि सम्मानित भएका छन् । दिवसको अवसरमा लक्षित वर्गले सञ्चालन गरेको सहकारीमध्ये गौरब बचत तथा ऋण सहकारी संस्था गोंगबु, उत्कृष्ट महिला सहकारीमध्ये उपसना बचत तथा ऋण सहकारी संस्था सीतापाईला सम्मानित भएका छन् । त्यसैगरी उत्पादनशील क्षेत्रमा उत्कृष्ट कार्य गर्ने भविष्य कृषि सहकारी संस्था, सदस्यमार्फत व्यवसायमा टेवा पु¥याउने नागरिक समाज मनमैजु र ठूलो कारोबार गर्नेमध्ये नवकान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था सम्मानित भएका हुन् । 

0 comments for "५८ औं राष्ट्रिय सहकारी दिवस, सहकारीबाट आत्मनिर्भर बन्न सकिन्छ–अध्यक्ष बडाल"

Leave a reply

    Popular Posts

    Blog Archive