Published On:Friday, April 3, 2015
Posted by my storry

युएइमा पत्रकारिता तथा उद्घोषण तालिम

प्रशान्त घर्ति मगर,  
बागलुङको पश्चिम बुर्तिबाङमा रहेको रेडियो परिवर्तनले युएइमा समेत पत्रकारिता तथा उद्घोषण तालिम सम्पन्न गरेको छ । बागलुङ सेवा समाज युएइले चैते दशैंका अवसरमा दुवईमा आयोजना गरेको ‘चैते दशैं २०७१’ कार्यक्रमको उद्घोषणका लागि पुगेका रेडियो परिवर्तन बुर्तिबाङ बागलुङका स्टेशन म्यानेजर सुवेदीले तालिमको सहजीकरण गरेका हुन । प्रवासमा रहेर पनि बागलुङेहरुको राम्रो जमघट हुने र विभिन्न सामाजिक काम गर्दै आएको बागलुङ सेवा समाजमा क्रियाशिल १३ जनाले तालिम लिएका छन् । तालिममा समाचार लेखन, रेडियो रिपोर्ट, फिचर लेखन, रेडियो कार्यक्रम उत्पादन र उदघोषण कला , भाषण कला सिकाइएको छ । तालिमपछि युएइबाटै रेडियोमा समाचार सम्प्रेशण गर्न, रेडियो रिपोर्ट तयार पार्न तथा प्रवासीहरुको समस्याका सवालमा तयार पारिएको प्रवासी गतिविधि विषयक कार्यक्रम उत्पादन, प्रवासबाट स्वदेशमा सन्देश लगायतका कार्यक्रमहरु उत्पादन र प्रशारण गरिने कार्यक्रम समेत तय गरिएको रेडियोका स्टेशन म्यानेजर सुवेदीले बताए । 
यसैबीच तालिमले प्रवासीहरुको एक भिन्न कार्यक्रम रेडियो परिवर्तनबाट प्रशारण गरिने जमर्कोमा प्रवासमै आएर तालिम दिएको भन्दै बागलुङ सेवा समाजका अध्यक्ष पिताम्बर पाण्डेले रेडियालाई धन्यवाद दिए । तालिममा सिकेका कुरालाई व्यवहारमै ल्याएर प्रवासीहरुको समस्या उजागर गरिने कार्यक्रम उत्पादन तथा स्थानीय स्तरमा आयोजित कार्यक्रम सञ्चालनमा समेत महत्वपूर्ण शीप विकास भएको प्रशिक्षार्थीहरुको भनाई छ ।

0 comments for "युएइमा पत्रकारिता तथा उद्घोषण तालिम "

Leave a reply

    Popular Posts

    Blog Archive