Published On:Friday, April 3, 2015
Posted by Unknown

आयल निगमले आफ्नै ग्यास बेच्ने

२१ चैत, काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास सिलिन्डर बिक्री गर्ने योजना अघि सारेको छ । भारतबाट ग्यास ल्याई आफ्नै भण्डारणगृहबाट उद्यागीलाई वितरण गर्ने योजना निगमको छ ।

निगम प्रवक्ता मुकुन्द घिमिरेले ग्यासको कारोबार थाल्ने योजना अघि सारिएको जानकारी दिए । उनले भारतबाट ग्यास आयातको जिम्मा निजी क्षेत्रलाई दिँदै आएकोमा केही समयपछि निगम आफैंले भारतबाट ग्यास ल्याउने र उद्योगीलाई निगमको भण्डारणृगहबाट वितरण गर्नेसमेत बताएको नयाँ पत्रिकामा खबर छ ।

भण्डारगृह निर्माण भएपछि बोटलिङ प्लान्ट राखेर एनओसी (नेपाल आयल निगम) ब्रान्डमा ग्यास सिलिन्डर बजारमा ल्याउने उनले बताए ।

0 comments for "आयल निगमले आफ्नै ग्यास बेच्ने"

Leave a reply

    Popular Posts

    Blog Archive