Published On:Thursday, April 2, 2015
Posted by Unknown

‘बाहिर सधैं बम पड्कन्छ म कसरी फर्कूं आमा’

२० चैत, धादिङ । ‘सात तलामाथिको घरको काम गर्छु, पासपोर्ट पनि साहुले आफैंसँग राखेको छ, घरबाहिर दिनहुँ बम पड्किरहन्छ, विदेशी देख्ने वित्तिकै आन्दोलनकारीहरुले गोली हानिदिने गरेकाले बाहिर निक्लने अवस्था छैन्,’ धादिङ मैदी गाविस १ की सुनिता मगरले आमासँग फोनमा भनिन् ।

छोरीसँग भएको फोनसम्वाद सम्झिँदै सुनिताकी आमा सावित्री मगरले आँखाभरि आँसु पारेर भनिन् ‘चार महिनाअघि ऊसँग फोनमा कुरा हुँदा त उसको अवस्था ठिकै थियो तर,अहिले जतिसक्दो चाँडो नेपाल नफर्काए ज्यानसमेत जान अवस्था छ, अब कसरी फिर्ता बोलाउने होला ?

पैसा कमाएर बालबच्चा पाल्छु भनेर विदेश जान घरबाट हिँडेकी छोरी नेपालबाट काम गर्न जाने अनुमति नै नभएको देश सिरिया पुगेको खबर आएपछि घरमा रुवावासी चलेको अन्नपूर्ण पोस्टमा खबर छ ।

सुनिता विदेश जाने भन्दै पासपोर्ट बनाएर तालिमका लागि पोखरा गएकी थिइन् । पतिले कान्छी पत्नी ल्याएर घरबाट निकालिदिएपछि उनी लामोसमयदेखि नीलकण्ठ-८, मगरगाउँस्थित माइतीमा बस्दै आएकी थिइन् ।

सावित्रिले छोरीसँगको सम्वाद सम्झिँदै भनिन्-‘विदेश नजाउ छोरी भन्दा हैन छेराछोरीको भविष्यका लागि पनि मैले जानुपर्छ भनि, दुःखसुख गरेर यही बसौ भन्दा उसले मानिन् । एकैचोटी गत मंसिरमा उनी सिरिया पुगेको खबर आयो ।’
तालिम लिन भनेर पोखरा गएकी छोरी एकाएक सिरिया पुगेको खबर आएपछि परिवार चिन्तित भएको छ । छोरीको सुरक्षिक र सकुशल उद्दारका लागि आमा सावित्रिले विभिन्न निकायमा गुहार माग्दै हिँड्ने गरेकी छन् ।

0 comments for "‘बाहिर सधैं बम पड्कन्छ म कसरी फर्कूं आमा’"

Leave a reply

    Popular Posts

    Blog Archive