Published On:Thursday, April 2, 2015
Posted by Unknown

प्रहरी आतंकले ४ सय युवा विस्थापित

२० चैत, धनगढी । घुइयाघाटकी जोगन चौधरीको घर पाँचदिनदेखि शून्य छ । दुईटा गोरुगाडा र ट्रयाक्टर आँगनमै थन्किएका छन् । अहिले घरमा बालबच्चा र महिला मात्र देखिन्छन् । जोगनका पाँच छोरा छन् तर साथका कोही छैनन् ।

‘गोरुलाई पानी खुवाउनेसम्म कोही छैन । हामी सवैको बेहाल भएको छ,’ चौधरीले गुनासो गरिन्, पाँच दिनदेखि न खान मन लागेको छ न त निद्रै लाग्छ ।’

पाँच दिनअघि घरमै सुतिरहेका तीन छोरालाई प्रहरीले कुटपिट गर्दै लिएर गयो । त्रासैत्रासमा दुई छोरा पनि घर छाडेर हिँडेका छन्, नागरिक दैनिकमा खबर छ ।

‘ढोका फोडेर म बुढो मान्छेलाई कुटपिट गरे’, खुट्टामा लठ्ठीको डाम देखाउँदै उनले भनिन्, ‘मेरो छोराले कसैसँग झगडा गरेका थिएनन्, प्रहरीले अनाहकमा पक्रेर लग्यो ।’

गत शनिवार घुइयाघाट बस्तीमा प्रहरीटोलीमाथि आक्रमण भएपछि प्रहरीले उक्त बस्तीका सवै युवकलाई नियन्त्रणमा लिन सुरु गरेको थियो । प्रहरीको डरले बाँकी युवक पनि घर छाडेर भागेपछि गाउँमा महिला र बालबालिका मात्रै छन् ।

कमाएर ल्याउने घरमूली नै नरहेपछि उनीहरुको बिचल्ली भएको छ । उक्त बस्ती धनगढी बजारबाट मोटरमा २०–२५ मिनेट दूरीमा पर्छ । दोषी पक्राउ गर्न नसकेको झोंकमा प्रहरीले मजदुरी गरेर फर्किएकालाई थुनेको गाउँलेको दावी छ ।

0 comments for "प्रहरी आतंकले ४ सय युवा विस्थापित"

Leave a reply

    Popular Posts

    Blog Archive