Published On:Saturday, April 4, 2015
Posted by dadad

नेपालको राजनीति एमाले वरिपरि केन्द्रितः पौडेल

काठमाडौँ, नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद पौडेलले मुलुकको अहिलेको राष्ट्रिय राजनीति एमालेको वरिपरिमा केन्द्रित रहेको जिकिर गरेका छन् । 

नेकपा एमाले र अनेरास्ववियु सर्लाही–काठमाडाँ सम्पर्क मञ्चद्वारा आयोजित नववर्ष २०७२ सालको पूर्वसन्ध्यामा आयोजित शुभकामना आदानप्रदान समारोहमा उहाँले भन्नुभयो– त्यसैले राष्ट्रिय राजनीतिमा एमालेको विचारलाई केन्द्रमा राखेर अहिले विरोध र प्रशांसाको हुँदै आएको छ । 

उहाँले विचार र सङ्गठनका हिसाबले एमाले सबैभन्दा अब्बल राजनीतिक शक्तिका रुपमा स्थापित रहेको र स्पष्ट विचारका साथ उभिएको बताए । सभासद् हरि उप्रेतीले आफूलाई सङ्घीताका पक्षधर भन्नेहरुले सेवा केन्द्र विस्तार गर्न लाग्दा अवरोध गर्दा आफूलाई आश्चर्य लागेको बताए । 

एमाले सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तले मधेसमा पार्टीको सङ्गठन विस्तारका लागि निकट भविष्यमै कम्तीमा पनि जिल्लाभर तीनदिने आवासीय प्रशिक्षण सञ्चालनको तयारी भइरहेको जानकारी दिए । 
पार्टीको सम्पर्क मञ्चका अध्यक्ष नारद लुइँटेलको अध्यक्षतामा भएको सो समारोहमा सम्पर्क मञ्चका पूर्वअध्यक्ष गणेश प्रसाईं, अनेरास्ववियु सम्पर्क मञ्चका अध्यक्ष श्रीकृष्ण उप्रेती, पार्टीका पूर्व जिल्ला अध्यक्ष डिल्ली उप्रेतीलगायतले मुलुकको समग्र राजनीति र विद्यार्थी सङ्गठनबीचमा उभिएको एमाले र अनेरास्ववियुभित्र देखिएको गुटगत रोगलाई सदाका लागि अन्त्य गर्न आवश्यक रहेको धारणा व्यक्त गरेका छन् । रासस 

0 comments for "नेपालको राजनीति एमाले वरिपरि केन्द्रितः पौडेल"

Leave a reply

    Popular Posts

    Blog Archive