Published On:Saturday, April 4, 2015
Posted by my storry

अन्तर्राष्ट्रिय युवा सम्मेलन सुरु

चैत्र २१,
सभासद एंव नेकपा एमालेका नेता केशव वडालले युवाको अधिकार सुनिश्चित गर्न नसकेकै कारण देशमा अस्थिरता बढेको बताउनुभयो । 
सशस्त्र प्रहरी मुख्यालय हलचोकमा शुरु तेस्रो दक्षिण एसियाली मानवअधिकार लागि युवा अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा नेता बडालले युवा मैत्री संविधान निमार्ण र अधिकार स्थापित गर्नका लागि आफु प्रतिवद्ध रहेको बताउनुभयो । काम भन्दा पनि कुरा गर्ने समय आएको भन्दै उँहाले दैनिक तेस्रो मुलक जाने युवालाई नेपालमै राख्नका लागि राजनीतिक स्थिरतासंगै उद्योग धन्दा सञ्चालन गर्नुपर्ने बताउनुभयो । 
सम्मेलनमा दक्षिण एसिया लगाउत अन्तराष्टिय क्षेत्रका २७ प्रतिनिधिहरु र नेपालका विभिन्न मानवअधिकारका क्षेत्रका कार्यरत संघ संस्था र क्याम्पसमा अध्ययनरत २ सय जनाको सहभागिता रहेको छ संचार संयोजक गणेशप्रसाद घिमिरेले जानकारी दिनुभयो । 
सम्मेलनमा दक्षिण एसियामा मानवअधिकारको अवस्थाको विश्लेषण गर्दै मानवअधिकारको अवस्था सुधार्न गरिने पहलका विषयमा छलफल हुने जनाइएको छ । 
२१ र २२ दुई दिनको सम्मेलन युवा प्रतिवद्धता पत्र जारी गर्ने छ । 

0 comments for "अन्तर्राष्ट्रिय युवा सम्मेलन सुरु "

Leave a reply

    Popular Posts

    Blog Archive