Published On:Friday, April 3, 2015
Posted by my storry

रौतहटमा पत्रकारमाथि ज्यादति, अध्यक्ष विष्टको तात्कालिक प्रतिक्रिया

चैत २० 
रौतहटमा भइरहेको आन्दोलनका क्रममा आज चैत २० गते अपरान्ह प्रहरी प्रशासनबाटै पत्रकारहरुमाथि भएको ज्यादतिको म भर्त्सना गर्दछु र घटनाको छानवीन गरी दोषीमाथि कारवाही गर्न माग गर्दछु । 
नेपाल पत्रकार महासंघ रौतहट शाखा अध्यक्ष शैलेन्द्र गुप्ताका अनुसार, पत्रकारहरु रिपोर्टिङको क्रममा एक घरको कोठामा भएको अवस्थामा बाहिरबाट सटर बन्द गरियो र त्यसभन्दा बाहिर कैयौं राउण्ड टियर ग्याँस प्रहार भयो । फलतः पत्रकारहरु ग्याँस च्याम्बरमा थुनिएझैं हुँदा केही बेहोस र केही घाइते हुन पुगे । उनीहरुलाई उद्धार गरी अस्पताल पुर्याइएको थियो । 

सो घटनाको सम्बन्धमा मैले जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसँग कुरा गर्दा पनि घटना भएको स्वीकार गर्नुभएको छ तर भित्र पत्रकार भएको थाह नभएर घटना हुन पुगेको र थाह पाउनासाथ उद्धार गरिएको भनाइ आएको छ । यद्यपि पीडित पत्रकार र प्रत्यक्षदर्शीहरुले भने घटना पत्रकार लक्षित र सुनियोजित तवरबाट भएको दावी गर्नुभएको छ । यो घटना गम्भीर हो, तत्काल छानवीन र दोषीमाथि कारवाही हुनुपर्दछ । म घाइते सवै पत्रकारको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

0 comments for "रौतहटमा पत्रकारमाथि ज्यादति, अध्यक्ष विष्टको तात्कालिक प्रतिक्रिया"

Leave a reply

    Popular Posts

    Blog Archive