Published On:Friday, April 3, 2015
Posted by Unknown

आलुबाट विजुली: एक गेडा आलुले ४० घण्टासम्म बल्ब बल्ने

विश्वका लगभग सबैजसो भागमा पाइने सर्वव्यापी खाद्यपदार्थ आलुले क्यालोरीको हिसाबले संसारका सबै मानिसको प्राण धानिदिएको छ । तर आलुले केवल खाद्यपदार्थको रुपमा मानिसको जिवन धान्ने मात्र होइन उर्जा संकटको समेत समाधान गरिदिने सम्भावना रहेको तथ्य वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।यद्यपि आफुहरुले विकाश गरेको प्रविधिप्रति विश्वका सरकार तथा कम्पनीहरुले ध्यान नदिएको भन्दै शोधकर्ताहरुले निरासा व्यक्त गरेका छन् । इजरायलका वैज्ञानिकहरुले आलुबाट विजुली निकाल्ने प्रविधिको विकाश गरेका हुन् ।जेरुसेलमस्थित हिब्रु विश्वविद्यालयका प्राध्यापक हाइम रबिनोविच सहितका शोधकर्ताहरुले विकाश गरेको नयाँ प्रविधिबाट एउटा आलुले ४० घण्टासम्म  बल्ब बालिदिन सक्छ । आलुबाट भरपर्दो तरिकाले सस्तो मूल्यमै व्यवसायिक स्तरमै विजुली निकाल्न सकिने सम्भावना रहेको दाबी गर्दै शोधकर्ताहरुले विजुलीको लाइन नपुगका विश्वका कतिपय क्षेत्रमा आलुबाट विजुली निकालेर वितरण गर्न सकिनेतर्फ संकेत गरेका छन् ।शोधकर्ताहरुका अनुसार आलुसँगै जस्ता तथा तामाको पाताको प्रयोग गरी विजुली निकालिन्छ । आलुभित्र रहेको अम्लले तामा तथा जस्तासँग रासायनिक प्रतिक्रिया गर्ने र त्यस क्रममा जब इलेक्ट्रोन एक पदार्थबाट अर्को पदार्थमा जान्छ सो बेला उर्जा पैदा हुने शोधकर्ताले बताएका छन् ।

0 comments for "आलुबाट विजुली: एक गेडा आलुले ४० घण्टासम्म बल्ब बल्ने"

Leave a reply

    Popular Posts

    Blog Archive