Published On:Friday, March 6, 2015
Posted by my storry
फेरि अर्को वार्ता गर्ने सहमति, विरामी भएपछि ओली गएनन
फागुन २३
फाईल फोटो
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान ९ बजे सुरू भएको वार्ता अर्को वार्ता गर्ने सहमतिका गर्दै सकिएको छ ।
वार्ताको सुरुवातमै प्रधानमन्त्री शुसिल कोईरालाले समयमै संविधान निमार्णका लागि सवै दलहरुले लचिलो पन देखाउनुपर्ने तर्क राख्नुभयो । उँहाले वोलेपछि प्रतिपक्ष दलका नेता पुष्प कमल दाहालले बोल्नु भयो । बैठकमा विरामीका कारण जान नसकेका नेकपा एमालेका अध्यक्ष के पि शर्मा ओलीको खवर उपाध्यक्ष बामदेव गौतमले पुर्याउनुभएको थियो । माघको ११ गतेदेखी औपचारीक सम्वादमा नवसेका दलहरु अन्तत आजबाट औपचारीक वार्ता र सम्वादलाई निरन्तरता दिन सहमत भएका छन् । अवको केही दिन अनौपचारीक छलफल गर्ने र फेरी औपचारीक वार्तामा वस्ने नेताहरुविच सहमति भएको छ । अर्को वार्ताको तिथिमिति तोक्ने जिम्मा प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल र प्रधानमन्त्री सुशील कोइरालालार्इ दिइएको छ ।
यस्तै यस अघि पनि पटक पटक छलफलमा जुटेका प्रमुख ४ राजनिकितक दलका नेताहरुलाई फेरी पनि सहमति निकाल्ने जिम्मा दिईएको छ ।
आजको छलफलले सहमतिको आधार तयार पार्ने जिम्मा प्रमुख ४ दलका ४ नेतालाई दिएको हो । प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी मोर्चाका विजयकुमार गच्छदारले आपसमा बसेर सहमतिको मार्ग पहिल्याउने छन् ।


