Published On:Friday, March 6, 2015
Posted by Unknown

कर्णमान सिंह बस्नेतले गरे ३३ बिहे

 ‘बुबाका पाँच–सात श्रीमती त म अहिले पनि चिन्छु, सोवित बस्नेत

२३ फागुन काठमाडौं,  – एएटा नेपाली पुरुषले बढीमा कतिपटक बिहे गर्न सक्छ ? दुईपटक ,चारपटक वा पाँचपटक ? या दर्जनसम्म ? तपाईं यस्तै सोच्दै हुनुहुन्छ भने अनुमान निकै कम छ । धादिङ,निगालेका कर्णमान सिंह बस्नेतले आफ्नो जिन्दगीमा ३३पटकसम्म बिहे गरे ।
सुन्दा अपत्यारिलो लागे पनि बास्तविकता भने यही हो । ‘जवानीमा ३३ वटा बिहे गरेँ । अहिले चम्पालाई ल्याएपछि पनि अरु एउटी ल्याएँ । पछि धपाइदिएँ,’ अहिले काठमाडौं थानकोटमा स्थायी बसोबास गर्दै आइरहेका ९२ वर्षीय वृद्द कर्णमानसिंहले गर्विलो शैलीमा भने,‘चम्पालाई बिहे गरेपछि उनको शीलस्वभाव ,माया तथा घरप्रतिको जिम्मेवारी बहन गर्नुपर्दा त्यती अन्त मन डुलाउन मन लागेन ।’
उनकी हालकी श्रीमती चम्पा कर्णमानको जीवनमा ३२ औं श्रीमतीका रुपमा आएकी हुन् । चम्पाले भने आफूलाई बिहे गरेपछि पनि श्रीमान्ले अन्य चारजना ल्याएको बताइन् । ‘काजीसँग बिहे गरेपछि मासुभात खान खान पाइन्छ भनेर आउँथे । मैले कुटेर धपाइदिएँ । म आएपछि एउटा विधवालाई बिहे गरेर ल्याएका थिएपछि भगाइयो उनलाई पनि,’ उनले भनिन्,‘बिहे हुँदा म तेह्र वर्षकी थिएँ । उहाँ ४३ वर्षको बढो मुस्किलले घर धानेँ ।’
कर्णमान सिंहको पहिलो बिहे १५ वर्षको उमेरमा भएको थियो । बाबुले उनको पहिलो बिहे धुमधामसँग गरिदिएका थिए । बाबुले बिहे गरिदिएकी केटी उनलाई मन परेन । कारण निगालेका बस्नेत काजी कर्णमानसिंह बस्नेतलाई मन परेन भनेपछि परेन,परेन । साह्रै जण्ड स्वभावका थिए रे उनी अनि त बिहे गरेको तीन दिनमै अर्की केटी बिहे गरे ।
बिहे गरेका श्रीमतीसँग अहिले पनि भेट हुन्छ उनको । टीका लगाएर अरुलाई दिएका श्रीमतीसँग भने भेटघाट हुँदा गफगाफ हुँदो रहेछ । ‘उनीहरुलाई भेट्दा कस्तो छ जीवन भनेर सोध्छु,’ उनले भने,‘मैले चासो व्यक्त गरेपछि उनीहरु पनि खुसी हुन्छन् । आफ्ना सन्तानको प्रगतिबारे कुरा सुनाउँछन् ।’
यसरी जीवनमा ३३ पटक बिहे गर्ने बस्नेतका छोरा हुन् चलचित्र निर्देशक सोवित बस्नेत । उनी भन्छन्,‘बुबाका पाँच–सात श्रीमती त म अहिले पनि चिन्छु ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 comments for "कर्णमान सिंह बस्नेतले गरे ३३ बिहे"

Leave a reply

    Popular Posts

    Blog Archive