Published On:Saturday, March 7, 2015
Posted by Unknown
राष्ट्रिय क्रिकेट आइतबारदेखि
२३ फाल्गुन, काठमाडौ, - राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ । ९ क्षेत्रीय टिम र नेपाल एपीएफ क्लब र नेपाल आर्मी गरी प्रतियोगितामा ११ टिम सहभागी हुनेछन् ।
समूह 'ए' मा डिफेन्डिङ च्याम्पियन वीरगन्जसहित आर्मी, विराटनगर, नेपालगन्ज, जनकपुर र पोखरा तथा समूह 'बी' मा एपीएफ, काठमाडौं, भैरहवा, बैतडी र धनगढी छन् । एपीएफ र काठमाडौंका बीच आइतबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिलो खेल हुनेछ ।
कीर्तिपुरसँगै पुल्चोक इन्जिनियरिङ क्याम्पस मैदानमा प्रतियोगिताका खेलहरू हुनेछन् । समूहका शीर्ष २ टिमले सेमिफाइनलमा स्थान पाउनेछन् । विजेतालाई २ लाख, उपविजेतालाई १ लाख २५ हजार प्रदान गरिने नेपाल क्रिकेट
संघ (क्यान) ले जनाएको छ । त्यस्तै म्यान अफ द सिरिजले ३० हजार, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले २०-२० हजार तथा इमर्जिङ खेलाडीले १० हजार नगद पाउनेछन् ।
डोनियर सुटिङले प्रत्येक खेलको म्यान अफ द म्याचलाई गिफ्ट ह्याम्पयर प्रदान गर्नेछ । त्यो सँगै होटल क्राउन प्लाजाले अन्य विधाको पुरस्कार प्रायोजन गर्नेछ ।


