Published On:Friday, March 6, 2015
Posted by my storry

पुँजीबजारमा कारोबार रकममा ३४ प्रतिशतले गिरावट, परिसुचक ८ अंकले बढ्यो


२२ फागुन, काठमाडौं ।
यो हप्ता पुँजी बजारमा कारोबार रकममा गएको हप्ताको तुलनामा ३३ दशमलव ७४ प्रतिशतले कमी आएको छ । यो हप्ता ९२ करोड २५ लाख ८० हजार रुपैयाँ बराबरका २६ लाख ७६ हजार ७० कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
गएको हप्ता एक अर्ब ३९ करोड २३ लाख ४० हजार रुपैयाँ बराबरका ३६ लाख ५३ हजार चार सय ६० सेयरहरु खरिद बिक्री भएका थिए ।
हप्ताभरको कारोबारमा नेप्से परिसूचक भने सुधार भएको छ । पहिलो दिनको तुलनामा ७ दशमलव ८२ अंकले बढेर अन्तिम दिन ९८३.४९ अंकमा पुगेको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १ दशमलव ७९ अंकले बढेर २ सय ८ दशमलव ६२ अंकमा आईपुगेको छ ।
यो हप्ता कारोबार रकमको आधारमा प्रभु बैंक, कारोबार भएको सेयर संख्याको आधारमा यति डेभलपमेण्ट बैंक संस्थापक र कारोबार संख्याको आधारमा प्रभु बैंक अग्रस्थानमा आएको छ ।
यो हप्ता सुचिकरणतर्फ नागरिक लगानी कोष र सिटी डे. बैंकको शेयर सूचीकृत भएका छन् ।

0 comments for "पुँजीबजारमा कारोबार रकममा ३४ प्रतिशतले गिरावट, परिसुचक ८ अंकले बढ्यो"

Leave a reply

    Popular Posts

    Blog Archive