Published On:Friday, March 6, 2015
Posted by my storry
प्रधानमन्त्रीको मोर्ने वेला हरियो काँक्रो
जहाज हटाउने कार्य अन्तिम चरणमा पुग्दा प्रधानमन्त्रीको विज्ञप्ति
फागुन, २२
कोईरालाको निजि सचिवालयद्धरा जारी विज्ञप्तिमा विमानबाट यात्रुहरुलाई सकुशल उद्धार गर्ने चालक दलका सदस्यहरु, उद्धार कार्यमा संलग्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी एवं अन्य सरोकारवाला कर्मचारीहरूलाई धन्यवाद प्रकट गर्नु भयो ।
प्रधानमन्त्री कोइरालाले अन्तराष्ट्रिय हवाई उड्ड्यनको नियमानुसारका कार्यहरु अगाडि बढाउन संबन्धित निकायको ध्यानाकर्षण गराउनु भएको छ ।
उँहाले उडान अबरुद्ध भइृ अलपत्र परेका यात्रुहरुलाई अन्तराष्ट्रिय नियमानुसारको सुविधाहरु उपलब्ध गराउन उहाँले विभागीय मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।
२०७१ फागुन २२ गते
प्रेस विज्ञप्ति
टर्कीको राजधानी स्तानबुलबाट चालक दलका ११ सदस्य र २ सय २४ यात्रु लिएर काठमाण्डौं आइपुगेको टर्किस एअरलाइन्सको विमान मिति २०७१।११।२० गते बुधबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएको विषयमा सम्माननीय प्रधानमन्त्री सुशील कोइरालाले गम्भीर चासो व्यक्त गर्नुभएको छ । सोे विमानबाट तदारुकताका साथ समस्त यात्रुहरुलाई सकुशल उद्धार गरी आफू पनि बाहिर निस्कन सफल चालक दलका सदस्यहरु, उद्धार कार्यमा संलग्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी एवं अन्य सरोकारवाला कर्मचारीहरूलाई सम्माननीय प्रधानमन्त्री कोइरालाले हार्दिक धन्यवाद प्रकट गर्नु भएको छ ।
सम्माननीय प्रधानमन्त्री कोइरालाले यस किसिमको दुर्घटनाबाट यात्रु तथा चालक दलका सदस्यहरूको मनोवैज्ञानिक एंव भौतिक सुरक्षाको लागि अन्तराष्ट्रिय हवाई उड्ड्यनको नियमानुसारका कार्यहरु अगाडि बढाउन संबन्धित निकायको ध्यानाकर्षण गराउनु भएको छ । यस दुर्घटनाका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हुने सम्पूर्ण राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान अबरुद्ध भइृ अलपत्र परेका सम्पूर्ण यात्रुहरुलाई अन्तराष्ट्रिय नियमानुसारको सुविधाहरु उपलब्ध गराउन उहाँले विभागीय मन्त्रालयलाई निर्देशन दिनुभएको छ । उहाँले धावनमार्ग छिटो खुलाई त्रिभुवन विमानस्थलबाट हुने सम्पूर्ण हवाई यातायात पूर्ववत सञ्चालन गर्नका लागि उच्च मनोवलका साथ काम गर्न संबन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
सम्माननीय प्रधानमन्त्री कोइरालाले एक मात्र अन्तराष्ट्रिय विमानस्थलका कारण नेपालको हवाई उडानमा पर्न गएको असुविधालाई समेत मध्यनजर गरी वैकल्पिक अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई तदारुकताका साथ अगाडि बढाउन समेत सम्बन्धित निकायहरुलाई निर्देशन दिनु भएको छ । उहाँले दुर्घटनाग्रस्त विमानलाई हटाउने कार्यमा निरन्तर प्रयासरत रहनुभएका सरोकारवाला सबैमा हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ । यसै क्रममा दुर्घटनाग्रस्त विमान हटाउने कार्यमा भारतीय सरकारको तर्फबाट तुरुन्त प्राप्त भएको सहयोगका साथै अन्य निकाय र व्यक्तिहरुबाट प्राप्त सहयोगप्रति पनि हार्दिक धन्यवाद व्यक्त गर्नु भएको छ ।
प्रकाश अधिकारी
प्रेस संयोजक


