Published On:Friday, March 6, 2015
Posted by my storry

सहमतीमा जेठ १५ मा सबिधानः अर्थमन्त्री महत (फोटो फिचर सहित)

अनिल खत्री, गुल्मी फागुन २२ 

आजदेखि दोस्रो गुल्मी महोत्सव सुरु

अर्थमन्त्री डाक्टर रामशरण महतले सहमतीमै सबिधान जारी हुने बताउनु भएको छ । शनिवार गुल्मी उद्योग बाणिञ्य सघंको आयोजनामा हुन लागेको दोस्रो गुल्मी महोत्सवको उद्घाटन गदै अर्थमन्त्री रामशरण महतले जेठ १५ गतेभित्र सहमतीका आधारमा सबिधान जारी हुने बताउनुभएको हो । 
 सहमतीका लागि औपचारिक तथा अनौपचारिक छलफल तथा वार्ताहरु चलिरहेकाले आगामी जेठ १५ भित्रमा सहमतिमै संविधान आउने कुरामा कुनै शकां छैन अर्थमन्त्री महतले भन्नुभयो“ सबिधान जारी गर्नका लागि अव थोरै बिषयमा मात्र सहमती हुन बाकीँ रहेकाले आगामि जेठ १५ गतेभित्र सहमतीकै आधारमा सबिधान जारी भएरै छाड्छ ।” उहाँले सबिधान जारी गर्नका लागि बिवादीत बिषयहरुमा सहमती जुटाउने प्रयास भैरहेको र विवादित बिषयमा सहमती जुटाउन सकिएन भने पनि ती बिषयहरुलाइृ बाहिर राखेरै भएपनि जेठ १५ बाट संविधान बन्ने मिति पर नजाने समेत स्पष्ट पार्नुभयो ।


 ”तपाईहरुले पत्याउनुहुन्न, किनकी संविधान बन्ने मिति धेरै पटक सरेको छ, तर जेठ १५ मा सके सबै बिषयहरुमा सहमती जुटाएर नभए विवादीत बिषयहरु पछि टुङ्गाउने गरि त्यो पनि नभएर प्रक्रृया मार्फत भएपनि संविधान आउँछ, आउछँ ” अर्थमन्त्री महतको दावी थियो । संविधान बनाउन समझदारी हुनुको विकल्प नरहेको भन्दै महतले अधिकतम लचकता अपनाएर भएपनि अवको मितीमा संविधान दिने बताउनुभयो । अव हामीले आ–आफ्ना अडानहरुमा अलिकति भएपनि लचकता अपनाएर सबिधान जारी गर्नुपर्ने समय भएको छ उहाँले भन्नुभयो “मेरो गोरुको बाह्रै टक्का भनेर अहिले सबिधान सभाबाट बाहिर आएर आन्दोलनमा लाग्नुभएका बिषक्षी मोर्चाका दलहरु बस्नुभयो भने प्रक्रृयाकै आधारमा भएपनि अव संविधान निमार्णको काम रोकिदैन ।” सबिधान सभामा आफुहरुले सोचेजस्तो नभएकाले सबिधान सभा असफल बनाउने षडयन्त्र गदै आन्दोलन गर्ने र जनताहरुलाइृ तस्साउने काम जसले गरेको त्यो प्रयास असफल हुने समेत उहाँको भनाई रहेको थियो ।
महतले एकिकृत नेकपा माओबादी नेतृत्वको मोर्चाको कारणले बजेट निर्माणमा ढिलाई भएको बताउनु भएको छ । अर्थ मन्त्रालय सके सम्म चाडोँ बजेट ल्याउने तयारी गरिरहेको भएपनि सदनमा देखिएको अबरोधका कारण आफूहरू चाँडो भन्दा चाडो बजेट निर्माणमा असमर्थ भएको बताउनुभयो । उहाँले आगामी आर्थिक बर्षको लागि ७ सय ४० अर्बको हाराहारीमा बजेट ल्याउने तयारी भईरहेको समेत बताउनुभयो । 
‘गुल्मी जिल्लाको समग्र विकासको आधार, कृषि पर्यटन, उद्योग र व्यापार’ को नारा सहित दोस्रो गुल्मी महोत्सव तथा कृषि पर्यटन, व्यापार एबं आद्योगिक मेला २०७१ आज देखि सुरू भएको छ । गुल्मी उद्योग बाणिञ्य सघको आयोजनामा महोत्सव आयोजना गरिएको हो । महोत्सव प्रधानमन्त्री सुशील कोईरालाले उद्घाटन गर्ने कार्यक्रम भए बिहिबार स्थगीत भएको थियो । 
महोत्सवमा ५ करोडभन्दा बढीको कारोवार हुने लक्ष्य रहेको गुल्मी उद्योग बाणिञ्य सघंका महासचिव तथा सचिवालय समितीका सयोजक कृष्ण प्रसाद पोखरेलले जानकारी दिनुभयो । महोत्सवमा ३ लाख २० हजार दर्शकहरूले अवलोकन गर्ने समेत अनुमान गरिएको छ । महोत्सवमा कुल ६० लाख भन्दा बढी खर्च हुने र ७५ लाखभन्दा बढी आम्दानी हुने आर्थिक सकंलन तथा ब्यवस्थापन समितीका सयोजक निर्वतमान अध्यक्ष कृष्ण प्रसाद भण्डारीले बताए ।
महोत्सवमा आम्दानी भएको रकम गुल्मीमा अहिलेसम्म २÷३ सय मानिसहरु अटाउने सभाहलको समस्या रहेकाले त्यो आम्दानी भएको रकमबाट सभाहल निमार्ण गर्ने र केही प्रतिशत अन्य सामाजिक कार्यमा खर्चिने समेत भण्डारीले जानकारी बताए । महोत्सवमा सबैभन्दा बढी कलाकारहरुमा खर्च हुने बताइएको छ भने त्यस पछि प्रचार प्रसारमा हुने बताइएको छ । कार्यक्रममा मुख्य सचिव लिलामणी पौडेल, गुल्मी जिल्लाका सभासदहरुको समेत उपस्थित रहेको थियो ।

0 comments for "सहमतीमा जेठ १५ मा सबिधानः अर्थमन्त्री महत (फोटो फिचर सहित)"

Leave a reply

    Popular Posts

    Blog Archive