Published On:Friday, March 6, 2015
Posted by Unknown

वेष्टइन्डिजलाई ४ विकेटले हराउँदै भारतले जित निरन्तर


 २२ फागुन  काठमाडौं,विश्वकप क्रिकेट अन्तर्गत शुक्रबार वेष्टइन्डिजलाई ४ विकेटले हराउँदै भारतले प्रतियोगितामा लगातार जित दर्ता गरेको छ। टस जितेर पहिले ब्याटिङ गर्दै वेष्टइन्डिजले जितको लागि दिएको १८३ रनको लक्ष्य भारतले ६ विकेट गुमाएर पुरा गर्‍यो।
भारतको जितका लागि कप्तान महेन्द्रसिंह धोनीले सर्वाधिक ४५ रनको योगदान गरे। नटआउट धोनीले ५६ बल खेल्दै ३ चौका र एक छक्का प्रहार गरेका थिए। यस्तै भारतका लागि विराट कोहलीले ३३ सुरेश रैना २२ रन बनाएका थिए। अन्य ब्याट्समेनहरू खुलेर खेल्न नसकेको खेलमा २६ रन अतिरिक्त मार्फत पाएको थियो।
यसअघि निर्धारित ५० ओभरको खेलमा वेष्टइन्डिजले ४४.२ ओभरमा सबै विकेट गुमाएर १८२ रन मात्र बनाउन सक्यो। वेष्टइन्डिजका लागि जोशन होल्डरले सर्वाधिक ५७ रन बनाए। यस्तै दारेन साम्मीले २६ रन बनाए। क्रिश गेल र जोनाथल कार्टरले समान २१ रन बनाए।
भारतका लागि मोहम्मद सामीले ३, उमेश यादव र रविन्द्र जवेदाले २-२ विकेट लिए।
पहिलो तीन खेलबाट शतप्रतिशत नजिजा निकालेको भारत ६ अंकसहित शीर्ष स्थानमा मजबुत छ।अब भारतले वेस्ट-इन्डिजसँगै आयरल्यान्ड, जिम्बावेसँगको खेल्न बाँकी छ।
वेस्ट-इन्डिजलाई क्वाटरफाइनल पुग्न आज भारत र अर्को खेलमा यूएईलाई पराजित गर्नुपर्ने दबाब छ। 

0 comments for "वेष्टइन्डिजलाई ४ विकेटले हराउँदै भारतले जित निरन्तर"

Leave a reply

    Popular Posts

    Blog Archive