Published On:Friday, March 6, 2015
Posted by Unknown
विश्वकप छनोटमा भारतसँग खेल्ने नेपाली खेलाडी छानिए
२२ फागुन काठमाडौं, -विश्वकप छनोट फुटबलमा भारतसँगको खेल्ने नेपाली टोलीको घोषणा भएको छ ।
सागर थापाको नेतृत्वमा रहेको नेपाली टोलीले भारतसँग खेल्ने अन्तिम खेलाडीहरूको नाम शुक्रबार पत्रकार सम्मेलन गरी बताएको हो।नेपाली टोली शनिबार कोलकत्ता प्रस्थान गर्नेछ ।
सन् २०१८ को विश्वकप र २०१९ को एसियन कपको प्रारम्भीक छनोट चरणको खेलमा अब नेपालले फागुन २८ गते भारतको गुहाटीमा भारतसँग खेल्दैछ । यस्तै दशरथ रंगशालामा चैत तीन गते खेल्नेछ।
नेपाली टोली
गोलरक्षक-किरण चेम्जाङ, रितेश थापा र विकेश कुथू।
डिफेन्डरः अनन्त तामाङ, विराज महर्जन, दीनेश राजबंशी, रविन श्रेष्ठ, रञ्जित धिमाल, रोहित चन्द, सागर थापा, सन्दिप राई।
मिड फिल्डरः भोला शिलवाल, विक्रम लामा, विशाल राई बी, हेमन गुरूङ, जगजित श्रेष्ठ, राजु तामाङ, शिव श्रेष्ठ।
फरवार्डःअनिल गुरुङ, जुमानु राई, सन्तोष साहुखल, भरत खवास, विमल घर्तीमगर, अन्जन विष्ट।,
अञ्जन, दिनेश, अनन्त र विमल यु १७ बाट परेका हुन्। +Setopati Online



