Published On:Friday, March 6, 2015
Posted by Unknown
प्रताप लामा भए नेपाली तारा– ३
२२ फाल्गुन ,काठमाडौं- ‘नेपाली तारा– ३’ को उपाधि प्रताप लामाले जितेका छन् ।
काठमाडौंमा शुक्रबार विशेष समारोहबीच लामालाई ‘नेपाली तारा– ३’ को विजेता घोषणा गरियो । निर्णायकबाट प्राप्त अंक र दर्शकको भोटको आधारमा प्रतापले उपाधि पाएका हुन् ।
देवेश राई फस्ट रनर अप र सुरेश लामा सेकेन्ड रनर अप भए । विजेताले बजार डिस्कोभर मोटरसाइकलसहित २ लाख ५० रुपैयाँ पाए ।
सांगीतिक रियालिटी सो ‘नेपाली तारा– १’ को विजेता दीपक लिम्बू र ‘नेपाली तारा– २’ को उपाधि सन्तोष लामाले जितेका थिए ।



