Published On:Thursday, March 5, 2015
Posted by Unknown

डिभी र पिआर लिने सेना,प्रहरी पनि कारबाहीमा

२२ फागुन, काठमाण्डौ - सरकारले विदेशको स्थायी बसोबास अनुमति (पिआर) ,ग्रिनकार्ड लिएका निजामती सेवासहित अन्य राष्ट्रसेवक कर्मचारीलाई पनि कारबाही गर्ने भएको छ । सेना,प्रहरी , शिक्षकसहितका कर्मचारीलाई कारबाहीको दायरामा ल्याउन केही नेपाल ऐन संशोधनसम्बन्धी विधेयक संशोधनको गृहकार्य भएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

डिभी र पिआर लिएका निजामती सेवका कर्मचारीलाई कारबाही गर्न निजामती सेवा ऐनको चौथो संशोधन विधेयकको प्रक्रिया अघि बढिसकेको छ । व्यवस्थापिका संसद्को राज्यव्यवस्था समितिले अनुमोदन गरेकाले अन्तिम स्वीकृतिका लागि संसद्मा पेश गर्ने तयारी भएको छ ।

अब सेना,प्रहरी,शिक्षकसहित सबै राष्ष्ट्रसेवक कर्मचारीलाई कारबाही गर्ने गरी अर्को विधेयक ल्याउने तयारी भइरहेको सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जानकारी दिए । कानुन मन्त्रालयले केही नेपाल ऐन संशोधनसम्बन्धी विधेयक तयार गर्दै गरेको उनको भनाइ छ ।

0 comments for "डिभी र पिआर लिने सेना,प्रहरी पनि कारबाहीमा"

Leave a reply

    Popular Posts

    Blog Archive