Published On:Friday, March 6, 2015
Posted by my storry

अपूर्ण यात्रा



रातको चिसो सिरसिरे हावा अन्धकारमा जीवनका रंगहरु भर्दै जसरी वहिरहेको थियो, त्यही रप्तारमा अगाडी वढिरहेको काठमाण्डौ तौलिहवाको वस पनि । वसका चालक र सहचालक आप्नो पेशाका लागि विहान देखी रातिको १ बजेसम्म काम गरिरहेका थिए । म पनि मेरो भोलीको काम भेट्टाउन दौडिरहेको थिएँ । तर ति वस भित्रका मान्छे खै के खोज्न र के भेट्न वसमा दौडिएका थिए, त्यो भने मैले सोध्नै पाईन


                                                                    संगम महत
रातको चिसो सिरसिरे हावा अन्धकारमा जीवनका रंगहरु भर्दै जसरी वहिरहेको थियो, त्यही रप्तारमा अगाडी वढिरहेको काठमाण्डौ तौलिहवाको वस पनि । जुन वसमा विहान देखि साँझ ८ः३० बजेसम्म कार्यलयको काम सकेर भोली विहानको सानो कार्यक्रमका लागि अनेक नाना तरहका कुराहरुलाई गुन्दै चढेको एक गन्तव्य सहितको यात्री थिएँ म । रातिको ९ बजे कलंकीबाट वस तौलिहवाका लागि अगाडी बढ्यो । बाटो गाडिको लाईनले खचाखच थियो । कारण त्यस दिन फाल्गुण १६ गते थियो । अधिकासं गाडीमा हसिया हथौडा अंकित झण्डा थिए । जे होस मलाई झण्डा गाडी र गाडीका वारेमा थाहा थियो तर गाडी भित्रका मान्छे र ति मान्छेको मन भित्रको कुरा थाहा थिएन र हुने कुरा पनि भएन । लामो जाम पछि वस नौविसे, बैरेनी मलेखु हुँदै मुग्लिन पार गर्दै नारायणघाट पुग्नै लाग्दा खान खाने समय भयो । 
खाना खाने स्थानमा पनि भिडभाड निकै थियो केही यात्रुले भन्दै थिए, आज त होटल वालालाई मालामाल भयो, अरु कोही थप्दै थिए गाडीवालालाई पनि हो, यक्तिकैमा कोही थप्दै थिए होईन यि झण्डावाला गाडीमा आउनेलाई पनि हो भन्दै व्यंग गर्दै थिए । यसमा म दर्शक स्रोता भन्दा बढि वन्न सकिन वा भनौ चाहिन । खानापछि गाडी अगाडी बढ्यो गाडीमै निदाएछु यस विचका गतिविधी के के भए मलाई थाहा भएन । एक्कासी रातको १ बजे गाडी रोकेपछि व्यूँझिएछु । वाहिर हेर्दा सानो झुपडी, झुपडीमा निभ्न नसकेको टुकी र नजिकै केही दाउरा व्यवस्थापन गरेर वालिएको आगो, ४ जना मान्छे केही हँसिलो कुराकानी गर्दै गरेको जस्तो भान भयो त्यहाँको माहोल हेर्दा । 
त्यसै वेला वसका सहयोगिले भन्दै थिए ल......ल.....चिया पिउने .....पिसाव फेर्ने.......के गर्न छ गर्नुस है । यसपछि म पनि उनको आग्रह अनुसार चिसो बढेकोले चिया पिउने सोचका साथ त्यही ४ जनामा ५ वन्न पुँगे । मसंगै सिटमा रहेका एक अधवैंसे व्यक्ति जो काठमाण्डांैमा सामान्य व्यवसाय गर्दारहेछन्, उनि पनि आए । चिया अर्डर गरेर वसुन्जेल चिसोमा तताउनका लागि आगो वालिएको थियो त्यतै वसियो । पहिले नै चिया पिउन सुरु गरेका ति व्यक्तिहरु देशको राजनीति र दलका नेताहरुका वारे चर्का कुरा गरिरहेका थिए । एकछिन पछि म पनि सामेल भएँ, उनिहरुको कुराकानीमा । 
एकजना व्यक्ति भन्दै थिए । खत्तमै भो नि, नेताहरुले मान्छेलाई दुःख दिन मात्रै जानेका छन् यार । वाटो कच्चि छ, गाडी लानै गाह्रो । एकछिनको भाषण सुनाउन लाखौ खर्च गर्छन यार नेताहरुपनि के भएका हुन कुन्नी । हुन त जनता पनि कम छैनन । यसपछि मलाई एउटा कुरा सोध्न मन लाग्यो र भने तपाईले आम सभामा मान्छे लगेर जानु भएकोे ? 
उसले उत्तर दिन कुनै ढिला गरेन, हो हेर्नुस न गाउँमा जानुपर्ने छ, बाटो पनि कच्ची छ हामिलाई त के छ र एक दिन जाने हो । तर यो वस चढ्ने मान्छे त सधै हिड्ने त्यही वाटो हो नि । आज हामीलाई दिने पैसा वरु त्यहि बाटोमा खर्च गरेको भए गाउँका मान्छेले केही राहत त पाउँथे नी हैन । 

यसैविचमा अर्कोले थप्यो काँ त्यस्तो हुन्च नेताहरुले राजनीति गर्न परेन जनतालाई देखाएर विकास त हुँदै गर्छनी गाडी त गैहाल्च नी । हुन त हो हेर्नुस, तर हाम्रो वसका एक जनाले पनि राजनीति वुझेजस्तो लाग्दैन । खाली काठमाण्डौका घर र बाटोका कुरा गर्छन । आक्कल झुक्कल गरेपनि नेताहरुको हुलियाको प्रचण्डको कपाल, जुँगा, मधेसी नेताको यस्तो उस्तो मात्रै । यतिन्जेल चिया पनि आईसकेको थियो । चियाको चुस्किसंगै गाडी चालक र सहयोगीका कुरा सुन्दै थिए । मैले फेरी प्रश्न गरें तपाईहरु काहाँबाट कति पैसामा वस लैजानुभएको ? 
वसका सहयोगि रहेछन् उनले भने परासी सनईबाट काठमाण्डौं गएको हेर्नुस ३५ हजारमा विहान गईयो अहिले फर्किइयो ठिकै छ हाम्लाईत । 
अनि तपाईको नाम ? मेरो नाम महेन्द्र कुँवर घर रुपन्देही  
वस नं. लु.१ ख. ४८९३
वसका चालक र सहचालक आप्नो पेशाका लागि विहान देखी रातिको १ बजेसम्म काम गरिरहेका थिए । म पनि मेरो भोलीको काम भेट्टाउन दौडिरहेको थिएँ । तर ति वस भित्रका मान्छे खै के खोज्न र के भेट्न वसमा दौडिएका थिए, त्यो भने मैले सोध्नै पाईन, किन कि चिया नसकिँदै म चढेको गाडीले हर्न बजाईसकेको थियो । एउटा अधुरो यात्रा संस्मरण ........................................
mrjsangam@gmail.com,sangam.mahat@yahoo.com
२०७२ फल्गुण २२




0 comments for "अपूर्ण यात्रा "

Leave a reply

    Popular Posts

    Blog Archive