Published On:Thursday, March 5, 2015
Posted by Unknown

वैशाखभित्र आउने गरी बजेट तयार गर्न निर्देशन

२२ फागुन, काठमाण्डौ- अर्थमन्त्री रामशरण महतले आर्थिक वर्ष २०७२/७३ को बजेट आउदो वैशाख भित्रै पेश गर्नेगरी काम अघि बढाउन कर्मचारीलाई निर्देशन दिएका छन् । सार्वजनिक बिदा परेको दिन विहीवार अर्थ मन्त्रालयका कर्मचारीलाई बोलाएर तयारीका काममा तिव्रता दिन उनले निर्देशन दिएका हुन् ।  कान्तिपुर दैनिकमा समाचार छ ।

उनले हाल सुरु भएका विकास निर्माण र पूर्वाधारका कामलाई पुरा गर्दै जाने सोचका साथ आगामी बजेट बनाउन भनेका छन् । 'शीघ्र बजेट भनेर जहिले पनि भन्ने तर प्रस्तुत गर्ने समय असारमा नै पुग्ने गरेको र विकास निर्माणका कामको खर्च हुन नसकिरहेको अवस्था छ' उनले भने,'अहिले फेरि मन्त्रालयको तर्फबाट हामीले वैशाखभित्रै बजेट प्रस्तुत गर्ने तयारी अवस्थामा रहनुपर्छ । हाम्रो प्रयास शीघ्र बजेट प्रस्तुत गर्नेमा हुनुपर्छ ।'  

उनले बजेट निर्माणमा कार्यसूची बनाएर तयारीका काम अघि बढाउन भनेका छन् । अन्य मन्त्रालयसँग कार्यक्रम र बजेटको प्रस्ताव माग्न पनि भनिएको छ ।

0 comments for "वैशाखभित्र आउने गरी बजेट तयार गर्न निर्देशन"

Leave a reply

    Popular Posts

    Blog Archive