Published On:Sunday, March 8, 2015
Posted by Unknown

लुफ्थान्साको पोल्टामा वायुसेवा


२५ फागुन, काठमाण्डौ  - सबैजसो राजनीतिक दल र शक्तिहरुले आर्थिक दुरुपयोगको माध्यम नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई सरकारले बिनाप्रतिस्पर्धा विदेशी कम्पनीलाई सुम्पने तयारी गरेको छ ।
संस्कृति, पर्यटन तथा नागारिक उड्यनमन्त्री दीपकचन्द्र अमात्यले यसबारे प्रधानमन्त्री सुशील कोइरालाको सहमति र अनुमतिमा जर्मनीको लुफ्थान्सा एयरलाइन्सको भगिनी संस्था लुफ्थान्सा कन्सल्टिङलाई सुम्पने भएका हुन । लुफ्थान्साले एभिएसन क्यापिटलनामक कम्पनीसँग साझेदारी गरी निगमलाई लिन लागेको खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।
निगमका एक उच्च स्रोतका अनुसार यसबारे निर्णय गर्न निगम व्यवस्थापकले मन्त्रीलाई दबाब दिएका छन् । तर, न्युनतम प्रक्रियासमेत नपुर्याई एउटा बिदेशी कम्पनीलाई अर्बौंको चलअचल सम्पती सुम्पँदा भ्रष्टाचार गरेको ठहर हुने डरले व्यवस्थापनले निर्णय लिन सकेको छैन ।

0 comments for "लुफ्थान्साको पोल्टामा वायुसेवा"

Leave a reply

    Popular Posts

    Blog Archive