Published On:Sunday, March 8, 2015
Posted by Unknown
नयाँ आयोजनालाई मात्रै ५० लाख अनुदान
२५ फागुन, काठमाडौं । सरकारले गत असार महिनादेखि २०८० सालसम्म विद्युत् उत्पादन गर्ने आयोजनालाई मात्रै प्रतिमेगावाट ५० लाख रुपैयाँ अनुदान दिने भएको छ । जलविद्युतका निजी प्रबर्द्धकहरुको माग अस्वीकार गरी नयाँ आयोजनालाई मात्रै अनुदान दिने निर्णय सरकारले गरेको हो ।
प्रवर्द्धकहरुले चार वर्षअघिको मन्त्रिपरिषदबाट पारित भएको मितिपछि निर्माण सम्पन्न हुने आयोजनालाई प्रतिमेगावाट ५० लाख रुपैयाँ दिनुपर्ने माग गरेपछि उर्जा मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्र लेखेको थियो । पटक-पटक निजी प्रवर्द्धकहरुले उर्जामन्त्रीलाई भेटेर माग गरेका थिए भने उर्जामन्त्रीले समेत आफू मागबारे सकारात्मक रहेको बताएकी थिइन् ।


