Published On:Sunday, March 8, 2015
Posted by Unknown
पैसा होइन न्याय : गंगामाया
२५ फागुन, काठमाण्डौ - छोराका हत्यारालाई सजायको मागसहित वीर अस्पतालको शय्यामै अनशन बसेकी गंगामाया अधिकारीले आफ्ना लागि पैसाभन्दा न्याय चाहिएको बताएकी छन्। सरकारका सचिव, राष्ट्रिय मानवअधिकार आयोगका सदस्य र अधिकारकर्मीसँग गंगामायाले उक्त माग राखेकी हुन्। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।
नारी दिवसको अवसर पारेर शान्ति तथा पुनर्निर्माण मन्त्रालयका सचिव खुमराज पुञ्जाली, आयोगका सदस्य सुदीप पाठक र मानवअधिकारकर्मीहरू गंगामायालाई भेट्न वीर अस्पताल पुगेका थिए।
'न्याय नपाउँदा मेरा पतिको अस्पतालमै प्राण गयो। समयमै कुरा सुनेको भए मेरो सिन्दूर पुछिने थिएन', गंगामायाको गुनासो थियो, 'एउटा छोरालाई माओवादीले मारे। अर्को छोराको पनि सुरक्षा छैन। मलाई पनि धम्क्याउँछन्। अपराधीहरू तारिखमा छुटेको सुन्छु। मेरा लागि पैसाभन्दा न्याय ठूलो हो।'
उनका पति नन्दप्रसादको न्याय माग्न अनशनमा बसेकै क्रममा गत असोज ६ गते सोही अस्पतालको शय्यामै मृत्यु भएको थियो। नन्दप्रसादको अझै अन्त्येष्टि हुन सकेको छैन।
उनले माओवादीद्वारा मारिएका आफ्नो कान्छो छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई सजाय नभएसम्म अनशन जारी रहने बताउँदै न्यायिक संघर्षका क्रममा पतिको जस्तै आफ्नो जीवन पनि अस्पतालकै शय्यामा समाप्त हुने अवस्था देखिएको पनि बताइन्।
सरकारले अपराधीलाई कडा कारबाही गर्ने भने पनि न्यायमा विलम्ब भएको गुनासो उनको थियो। सचिव पुञ्जालीले पीडितलाई न्याय र राहत दिलाउन मन्त्रिपरिषद्बाट कात्तिक १० गते भएको निर्णय सुनाएका थिए।
उनले धरौटीमा छुटेका अभियुक्तविरुद्ध सरकारले पुनरावेदन अदालत हेटौंडामा पुनरावेदन गरेको, बेलायतमा रहेका आरोपी (रुद्रप्रसाद आचार्य) का हकमा पक्राउ गर्न 'रेड कर्नर नोटिस' जारी भइसकेको र सुपुर्दगी गर्न सरकारी तहबाट बेलायतको गृह मन्त्रालयसँग कुराकानी भइरहेको जानकारी गराउँदै दोषीलाई कारबाहीको दायरमा ल्याउन कुनै कसर बाँकी नराखिने प्रतिबद्धता जनाएका थिए।
सचिव पुञ्जालीले पीडितको अनुमति भएमा सरकारले धार्मिक विधि र संस्कारअनुरूप अनशनका क्रममा मृत्युवरण गरेका नन्दप्रसादको अन्तिम संस्कार गर्ने भनाइ पनि राखेका थिए। जबाफमा गंगामायाले कुनै प्रतिक्रिया जनाइनन्।
सरकारबाट गंगामायालाई बाँचुन्जेल खान, बस्न र उपचारका लागि एक करोड रुपैयाँ कोषमा राखिदिने र ब्याजबाट जीवन गुजारा चलाउने तथा २० लाख रुपैयाँ तत्काल एकमुष्ट सहयोग गर्ने गरी निर्णय भएको जानकारीसमेत उनले गराए।
आयोगका सदस्य पाठकले पीडितको न्याय पाउने हक रक्षामा आफू र आयोगको निरन्तर सहयोग हुने विश्वास दिलाए।