Published On:Tuesday, November 11, 2014
Posted by dadad
जीप छाँगोबाट खस्दा तीन जनाको मृत्यु
अर्घाखाँची, कार्तिक २५ - सन्धिखर्कबाट अर्घाको दिप गाउँमा यात्रुबाहक जीप छाँगोबाट खस्दा चालकसहित तीन जनाको मृत्यु भएको छ । दुईको घटनास्लमै र एक जनाको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
लु १ ज १४५३ नम्बरको जीप खस्दा धारापानीका ३० वर्षीय कमल बञ्जाडे र नाम खुल्न नसकेको तीन वर्षीया बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उपचारको क्रममा जानुका खड्काको मुत्यु भएको अस्पतालले जनाएको छ ।
जीप गाउँमा यात्रु झारेर गाडी फर्काउन लाग्दा पहाडको शिखरवाट करिव १ हजार मिटर तल खसेको वताए । जीपका यात्रुमध्ये सहचालक र अरु दुई यात्रु गाडी घुमाउँदा झरेका कारण बचेका थिए ।


