Published On:Monday, March 9, 2015
Posted by Unknown
सुटुक्क विहे गरिन सुमिनाले
२६ फागुन काठमाडौं । अभिनेत्री सुमिना घिमिरेले आज प्रेमी रोशन सापकोटासँग लगनगाँठो कसेकी छिन् ।
नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा सम्पन्न बिवाह समारोहमा सुमिनाले आफु निकटका चलचित्रकर्मी र आफन्तजनहरुको उपस्थिती रहेको छ । मिडियालाई खबरै नगरी सुटुक्क बिहे गर्ने सुरुमा रहेकी सुमिनाको बिहेको हल्ला सुनेपछि मिडियाकर्मीहरु मण्डपमा पुगेका थिए ।
केही समयअघि मात्र सुमिनाले आफु बिहे पश्चात चलचित्र उद्योगबाट टाढिने कुरा बाहिर मिडियामा ल्याएकी थिईन । तर यसले कति सार्थकता पाउँछ भन्ने विषयमा एउटा प्रश्न चिन्ह खडा भएको छ ।
उनी चलचित्र दुनियाँबाट टाढा रहेका पाइलट रोशनसँग बिवाह गरेका हुन् । बिवाह हुने पक्का पक्की भएपछि उनी फिल्म क्षेत्रबाट टाढा हुदै आएकी थिर्इन् ।
सुमिनाले अभिनय गरेको फिल्म ‘भिमदत्त’ शुक्रवारबाट रिलिज भईरहेको छ भने ‘माला’ चैत्र ६ रिलिज हुँदैछ ।



