Published On:Wednesday, March 11, 2015
Posted by Unknown
स्वाइन फ्लुबाट थप एकको मृत्यु
२८ फागुन, काठमाण्डौ - स्वाइन फ्लुग्रस्त ४८ वर्षीय पुरुषको ओम अस्पतालमा मृत्यु भएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
उनी केही दिनदेखि भेन्टिलेटरमा थिए ।
गत सोमबार थुकको नमुना परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्थ प्रयोगशाला टेकु पठाइएकोमा स्वाइन फ्लु पुष्टि गरेको छ ।
राजधानीमा यस रोगबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।



