Published On:Saturday, March 7, 2015
Posted by Unknown

हाउ फन्नीमार्फत चलचित्रमा डेब्यु गर्दै ऋषि धमला


२३ फागुन, काठमाडौं,  – पूर्व मिस नेपाल माल्भिका सुब्बाले निर्माण गरेको चलचित्र हाउ फन्नीमा पत्रकार ऋषि धमलाले पनि डेब्यु गर्ने भएका छन् । फिल्ममा ऋषि धमलालाई अतिथि भूमिकामा देख्न पाइने भएको छ ।
निर्देशक निलु डोमा शेर्पाले भनिन्, स्क्रिप्टमा ऋषिजीको जस्तै क्यारेक्टर थियो । एक पटक उहाँलाई नै खेल्न प्रस्ताव गरी हेरौं न भनेर फोन गरेको वहाँले कहिले हो सुट ? म आउँछु भन्नुभयो । फिल्ममा केमियोको रूपमा हुनुहुन्छ । ऋषिजी फिल्ममा पनि पत्रकार सम्मेलनको प्रतिनिधित्व गर्नुहुन्छ ।
A009_C035_0104WY
निलुले ऋषि धमलाबिनाको पत्रकार सम्मेलनकै वैधानिकताको प्रश्न उठ्ने भन्दै ठट्टा गरिन् । निलुले धमलालाई भने खिसी गर्ने नियतले प्रयोग नगरिएको जिकिर गर्न छोडिनन्, जे होस त्यो सिनले दर्शकले इन्जोए गर्नुहुन्छ जस्तो लाग्छ, कमेडी जानराको फिल्ममा धमलाको उपस्थितिबारे थप व्याख्या गर्दै निर्देशक निलुले भनिन् ।
हाउ फन्नी अहिले प्राविधिक कार्यमा छ । फिल्म जेष्ठ १५ बाट प्रदर्शन हुने बताइएको छ । @ratopati

0 comments for "हाउ फन्नीमार्फत चलचित्रमा डेब्यु गर्दै ऋषि धमला"

Leave a reply

    Popular Posts

    Blog Archive