Published On:Wednesday, March 11, 2015
Posted by Unknown
योगगुरु रामदेव नेपाल आउने
२८ फागुन, काठमाण्डौ - भारतीय योगगुरु रामदेव योग शिविर सञ्चालन गर्न बैशाखको दोस्रो साता नेपाल आउने भएका छन् । बैशाख ११ देखि १५ गतेसम्म काठमाडौंको खुलामञ्चमा हुने पाँचदिने योग शिविरमा भाग लिन रामदेव नेपाल आउन लागेका हुन् । आयुर्वेदको माध्यमबाट नेपालीको स्वास्थ्य सचेतता बढाउने उद्देश्यले योग शिविर सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
सोही क्रममा निशुल्क स्वास्थ्य परिक्षण शिविर पनि हुने आयोजकले जनाएको छ । स्वास्थ्य परिक्षणका लागि भारतको हरिद्वारस्थित पतञ्जली योगपिठका बैद्यराजहरु पनि आउने भएका छन् । योगको विश्वभर प्रचार प्रसार गर्ने क्रममा अष्ट्रेलियाका तीन शहरको भ्रमणपछि रामदेव नेपाल आउन लागेका हुन् ।
संयुक्त राष्ट्रसंघले जुन २१ लाई विश्व योग दिवसका रुपमा घोषणा गरेको छ । योग शिविर व्यवस्थापन गर्न गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोको अध्यक्षतामा ६१ सदस्यीय आयोजक समिति पनि गरिएको छ ।



