Published On:Wednesday, March 11, 2015
Posted by Unknown
कतारमा नेपाली कामदारको शब ३१ महिनादेखि अलपत्र
२८ फागुन, काठमाण्डौ - पहिचान नखुलेका एक नेपाली कामदारको शब यहाँ ३१ महिनादेखि अलपत्र परेको छ । ती कामदारको सन् २०१२ अगस्ट २७ मा मृत्यु भएको थियो । अस्पतालमा ती कामदारलार्य 'उत्तमलाल महत्तो'को नाममा भर्ना भएको थियो । भर्ना भएको दुईदिनमा धेरैजसो अंगले काम नगरेपछि मृत्यु भएको हमाद अस्पतालले जनाएको छ । हमाद अस्पतालमा उनको दर्ता नम्बर 'एचसि २७४४७२३' छ । कान्तिपुर दैनिकमा समाचार छ ।
नेपाली दुताबासले मृतकको सही नाम र ठेगाना पत्ता लगाउन प्रयास गरेपनि सम्भब भए पनि नखुलेको जनाएको छ । दुताबासका एक अधिकारीका अनुसार सन् २०१४ मार्च ६ गते महोत्तरी जिल्ला प्रशासन कार्यालयलाई उत्तमलाल महत्तोको बस्ताबिक बुझ्न पत्र पठाएको थियो । स्थानीय प्रशासनले यसबारे जवाफ दिएको छैन् । महत्तो बिरामी भएपछि एक जना नेपाली डाइभरले भर्ना गर्न अस्पताल लिएर गएको थियो । तर त्यस कम्पनीमा काम गर्ने अर्का उत्तमलाल महत्तो भने नेपाल फर्किसकेका छन् ।
दुताबासका जनसम्र्पक अधिकृत ताजले कम्पनीमा गएर 'ती कामदार'को बास्तबिक परिचय पत्ता लगाउन धेरै कोसिस गरेपनि सही सुचना पाउन सकेको छैन् ।