Published On:Thursday, March 12, 2015
Posted by Unknown

यूएईलाई हराउँदै दक्षिण अफ्रिका सुपर एटमा

२८ फागुन, काठमाडौं । यूएईलाई पराजित गर्दै दक्षिण अफ्रिका विश्वकप क्रिकेटको सुपर एटमा प्रवेश गरेको छ ।
बिहीबार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा दक्षिण अफ्रिकाले यूएईलाई १५६ रनले पराजित गर्‍यो । जितसँगै दक्षिण अफ्रिकाको ८ अंक छ भएको छ समूह बीको दोस्रो स्थानमा छ ।
५ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा रहेका भारत यसअघि नै सुपर एटमा पुगिसकेको छ ।
अब पाकिस्तान, आयरल्याण्ड र वेष्टइण्डिज मध्ये दुई टीम अघिलो चरण प्रवेश गर्नेछन् । पाकिस्तान र आयरल्याण्डको ६ अंक छ भने वेष्टइण्डिजको चार अंक छ । समूह चरणको आफ्नो अन्तिम खेलमा पाकिस्तानले आयरल्याण्ड र वेष्ट इण्डिजले यूएईसँग खेल्नेछ ।
एबी डिभिलियर्स ९९ मा आउट
विलिङटनमा टस हारेर पहिले ब्याटिङ थालेको दक्षिण अफ्रिकाले पहिलो विकेट भने सस्तैमा गुमाएको थियो । उसको स्कोर १७ रन हुँदा ओपनर हसिम अमला मात्र १२ रनमा पभेलियन फर्किए ।
उसले ९६ रन जोड्दा सुरुवाति तीन विकेट गुमाइसकेको थियो । तर, मध्यक्रमका ब्याट्सम्यानले दक्षिण अफ्रिकाको पारी सम्हालेका छन् ।
डिभिलियर्सले चाथौ विकेटका लागि डेभिड मिलरसँग १०८ रनको साझेदारी गरे । मिलर ४९ रनमा आउट भएपछि डिभिलियर्सले जेन पल डुमिनीसँग ५३ रनको साझेदारी गर्दै दक्षिण अफ्रिकाको स्कोर २५७ पुर्‍याए । डिभिलियर्सलाई छैटौं विकेटका रुपमा ९९ रनमा कमरान शाजेदले पभेलियनको बाटो देखाइदिए ।
डेमिनी २३ रनमा आउट भए । तर, फरहान बहाडीयन र भर्नन फिलेन्डरले अन्तिम तीन ओभरमा ४९ रनको महत्वपूर्ण साझेदारी गरेपछि दक्षिण अफ्रिकाले ५० ओभरमा ६ विकेट गुमाएर ३४१ रन बनायो ।
बहाडीयनले मात्र ३१ बलमा अविजित ६४ रन बनाए भने फिलेन्डर १० रनमा अविजित रहे । यूएईको मोहम्मद नाभिदले ३ विकेट लिए ।
यूएई १९५ मा अलआउट
जवाफमा मैदान उत्रिएको यूएईले खराव सुरुवात गर्‍यो । उसले ४५ रन जोड्दा ३ विकेट गुमाएको थियो । साइमन अनवर र स्वप्निल पटेलले चौथो विकेटका लागि ६३ रनको साझेदारी गरे ।
अनवर चौथो विकेटका रुपमा ३९ रनमा पभेलियन भएपछि यूएईको विकेट झर्ने क्रम तिब्र भयो । पटेल क्रिजमा टिकिरहे पनि उनलाई अन्य ब्याट्सम्यानले साथ दिन सकेनन् र १९५ रन जोड्दा अलआउट भयो । पटेल ५७ रनमा अविजित रहे ।

0 comments for "यूएईलाई हराउँदै दक्षिण अफ्रिका सुपर एटमा"

Leave a reply

    Popular Posts

    Blog Archive