Published On:Wednesday, March 11, 2015
Posted by Unknown

एसएसलीका परीक्षार्थीले प्रश्नपत्रमा पनि सिम्बोल नम्बर लेख्नुपर्ने


 २८ फागुन, काठमाडौं । यो वर्षको परीक्षामा सम्मिलित सबै विद्यार्थीले प्रश्नपत्रमा आफ्नो सिम्बोल नम्बर लेख्नुपर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको इतिहासमा पहिलोपटक यस्तो व्यवस्था गर्न लागेको हो । यसअघि सबै परीक्षार्थीले उत्तरपुस्तिकामा मात्रै सिम्बोल नम्बर लेख्नुपर्ने व्यवस्था थियो ।
slc-exam
‘प्रश्नपत्रमा उत्तर लेखेर चिटिङ गर्ने परम्परा बढेपछि पहिलोपटक यस्तो व्यवस्था गर्न लागेका हौं’ परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले भने । उनले अघिल्लो बेन्चमा बस्ने विद्याथर्र्किे प्रश्नपत्र अर्को बेन्चमा पुग्ने र पछिल्लो बेन्चको प्रश्नपत्र अघिल्लो बेन्चमा पुग्नेलगायतका विकृति बढ्न थालेपछि त्यसलाई नियन्त्रण गर्न प्रश्नपत्रमा आ-आफ्नो सिम्बोल नम्बर लेख्ने व्यवस्था गर्न लागिएको   बताएका  छन्।
परीक्षार्थीले परीक्षा समाप्त नभएसम्म आफ्ना प्रवेशपत्र प्रश्नपत्रसँगै राख्नुपर्ने भएको छ । विशेष गरी तराईका आठ र चोरी गरेर पास हुने जिल्लालाई लक्षित गरी यो प्रणाली प्रयोगमा ल्याउन लागिएको जानकारी गराउँदै परीक्षा नियन्त्रक द्वारेले भने-‘यो प्रणालीको कारण विद्यार्थी प्रश्नपत्र बाहिर लगेर चिटिङ गर्ने प्रविधि शून्यमा आउनेछ ।’

0 comments for "एसएसलीका परीक्षार्थीले प्रश्नपत्रमा पनि सिम्बोल नम्बर लेख्नुपर्ने"

Leave a reply

    Popular Posts

    Blog Archive