Published On:Monday, March 9, 2015
Posted by my storry
प्रचण्डका कारण सहमती हुन सकेन नेताः ज्ञवाली
अनिल खत्री गुल्मी, नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डका कारण सबिधान निमार्णमा सहमती हुन नसकेको बताउनु भएको छ । नेकपा एमाले प्रचार बिभाग गुल्मीले सोमबार बिहान अयोजना गरेको पत्रकार भेटघाटमा सचिन पज्ञवालीले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दोधारे स्वभावका कारण सबिधान निमार्णमा सहमती हुन नसकेको बताउनु भएको हो ।
प्रचण्डजीलाई सहमती गर्ने की आन्दोलन गर्ने भन्ने जस्ता कुराले गर्दा सबिधान निमार्णमा ढिलाइृ भैरहेको भन्दै नेता ज्ञवालीले उहाँकै कारणले मुलुकले वर्तमान अवस्था बोर्होनु परेको समेत स्पष्ट पार्नुभयो । उहाँले पत्रकार भेटघाट कार्यक्रममा प्रचण्डलाई दोवाटोको बटुवा र बन्दा गोभीको समेत सज्ञां दिनुभयो । प्रचण्डले कहिले नेपाली काग्रेस ठिक त कहिले नेकपा एमाले ठिक भन्दै हिड्ने गर्ने उहाँका अभिब्यक्तिले माओवादी सबिधान निमार्णमा जिम्मेवार नदेखिएको बताउनुभयो ।
हामी नेपाली काग्रेस र नेकपा एमाले सबिधान निमार्णको पक्षमा एउटै साझा एडेण्डामा रहेको समेत म जानकारी गराउन चाहान्छु ज्ञवालीले भन्नुभयो । नेकपा एमाले, नेपाली काग्रेस लगायत सबिधान सभामा प्रतिनिधित्व गर्ने दुई तिहाईभन्दा बढी जनमत सबिधान निमार्णको पक्षमा रहेकाले पनि प्रचण्डको यस्तो दोधारे स्वभावमा अव मुलुकले सबिधान निमार्णका लागि धेरै दिन कुर्न नसक्ने बताउनुभयो । पुर्व मन्त्री समेत रहनु भएका नेकपा एमलोका सचिव प्रदीप ज्ञवालीले आन्दोलनको धम्की दिने मोर्चामा रहेका बिभिन्न राजनितीक दलहरुलाई अहिलेको आवश्यकता सबिधान निमार्णको काम पहिलो हो कि आन्दोलन पहिलो भन्ने भन्ने स्पष्ट भएर अगाडि बढ्न समेत सुझाव दिनुभयो । नेकपा एमालेको पहिलो प्राथमिकता भनेको सहमतीकै आधारमा सबिधान निमाणर््ा गर्नै नै हो नेता ज्ञवालीले भन्नुभयो “ तर एकीकृत नेकपा माओवादी लगायत मोर्चामा आवद्ध राजनितीक दलहरुले सबै जातजाती, धर्म मिलेर रहेको यो मुलुकमा सामाजिक सम्बन्ध खल्वलाउने र जातीयका आधारमा जाती जातीय बिच झै झगडा गराउने जस्ता बिषयमा सघीयताको पक्षमा नेकपा एमालले कुनै सम्झौता गर्न सक्दैन ।” सघीयताको बिषयमा तराइ र पहाडलाई एकै ठाउँ मिलाउन हुदैन यीनीहरुलाई छुट्टा–छुट्टै प्रदेश बनाउन पर्छ भन्ने एकीकृत नेकपा माओवादी लगायत मोर्चाको यो अडान एक दम डलराग्दो र मिलाउन गम्भिर भएको समेत उहाँले स्पष्ट पार्नुभयो ।
केही दिनदेखि सहमतीका लागि प्रधानमन्त्री लगायत नेपाली काग्रेस, नेकपा एमालेसगँ एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड भेटघाटमा रहेकाले भेटघाट तथा छलफलको सफलताको शुभकाना समेत उहाँले ब्यक्त गनुभयो । सहमती नभएपनि जेठ १५ गते सबिधान निमार्ण भएरै छाड्ने नेता ज्ञवालीको भनाई रहेको थियो । सहमती निमार्ण हुन नसके कसरी सबिधान निमार्ण हून्छ त भन्ने पत्रकारहरुको जिज्ञासामा नेता ज्ञवालीले भन्नुभयो “ सबिधान निमार्ण गर्ने धेरै तरिकाहरु छन, जसका लागि जनमत सग्रह, सघीय आयोग निमार्ण र लोकत्रान्तिक विधीबाट भएपनि अव मुलुकले जसरी पनि सबिधान पाउछँ ।”


