Published On:Friday, March 6, 2015
Posted by Unknown

श्रीमान्को मसितको यौनसम्बन्धमा रुचि छैन



करूणा कुँवर, मनोविद्



म ३३ वर्षीया महिला हुँ । बाहिरबाट म सामाजिक एवं आर्थिक रूपमा सम्पन्न देखिन्छु । मेरा श्रीमान् ३६ वर्षको हुनुहुन्छ । हाम्रो विवाह भएको छ वर्ष भयो । अहिलेसम्म हाम्रो सन्तान भएको छैन । दुई वर्षसम्मको यौनसम्बन्धको कुरा गर्ने हो भने पूर्ण सन्तुष्टि थियो, तर अहिले उहाँ मसँग रिसाउने, यौनसम्पर्कका बेला र्झकने, मन छैन भन्ने गर्नुहुन्छ । म यौनसम्पर्क राख्न रुचाउँछु अनि उहाँलाई निक्कै माया पनि गर्छु । यस्तो समस्या उहाँलाई यौनसम्पर्क गर्न इच्छा नभएर हो कि कुनै चिकित्सकीय कारणले हो वा उहाँको अन्य कुनै महिलासँगको सम्बन्धले गर्दा उत्पन्न भएको हो ? म निकै दुविधामा छु । 


ओ.

तपाईंको श्रीमान्को यौनचाहना समयअनुसार कम हुँदै गएको हो वा पहिलेदेखि नै कम थियो भन्ने कुरा अझ विस्तृत रूपमा बुझ्नु आवश्यक हुन्छ । यदि समयअनुसार कम हुदै गएको हो भने सबैभन्दा पहिले त्यसको कारण पत्ता लगाउनुपर्छ । किनभने यस्ता समस्याका स्रोत धेरै हुन सक्छन् । अहिले तपाईंहरूबीच कुनै चिन्ता, मतभेद वा झगडा छ कि त्यो पनि प्रस्ट हुनु आवश्यक हुन्छ । प्रश्न पढ्दा एकअर्काप्रतिको सम्मान गर्ने स्वभावमा कमी आउन थालेको अनुमान गर्न सकिन्छ । त्यसको कारण एकअर्काप्रतिको आकर्षणमा कमी वा परस्त्रीसँगको सम्बन्ध पनि हुन सक्छ अथवा भनौं मानसिक तनावका स्रोत अनेकौं हुन सक्छन् । तिनीहरूका बारेमा पत्ता लगाउने र त्यसलाई न्यूनीकरण गर्नेतिर जोड दिनुपर्ने हुन्छ । हाम्रो समाजमा धेरै मानिसले दुई दम्पतीबीचको सम्बन्धमा पनि सामाजिक व्यवहार, सामाजिक प्रतिष्ठा, आर्थिक हैसियत आदिलाई ध्यान दिन्छन् तर प्रेमपुर्ण संवाद, एकअर्काप्रति गरिने आदर-सम्म्ँान तथा यौनसम्बन्धलाई त्यति महत्व दिइएको पाइँदैन । 

श्रीमान्को मसितको यौनसम्बन्धमा रुचि छैन— श्रीमतीको मनमा बस्ने यस्तो विचारले उनको आत्मविश्वासलाई पूर्ण रूपमा प्रभावित गर्छ । यो कुराले श्रीमान्को मनमा उनीप्रति प्रेम रहेन भन्ने भावना सिर्जना गर्छ । यो शंकाले कतै उनको श्रीमान्को जीवनमा अर्की महिला त छैनन् भन्ने शंकासमेत उब्जाउन सक्छ । श्रीमान्को यौनप्रति कम भएको रुचिलाई कलहको कारण बनाउनु वा आफूलाई दोषी मान्नुभन्दा यो समस्याको मूल कारणसम्म पुग्न श्रीमान्-श्रीमती दुवैले आपसमा खुलेर कुराकानी गर्नु आवश्यक छ । यस्तो समस्याको कुनै चिकित्सकीय कारण पनि हुन सक्छ । मधुमेहजस्ता केही बिरामीका कारण पुरुषको कामशक्तिसम्बन्धी ऊर्जामा कमी आउन सक्छ । बढ्दो उमेरका साथ टेस्टोस्टेरोन हार्मोनको कमी पनि यौनसम्बन्धी अरुचिको कारण हुन सक्छ । 

यौनचाहना प्राकृतिक कुरा मात्र नभै यो नितान्त मनोवैज्ञानिक विषय पनि हो । चरम रमाइलोपन र उच्चस्तरको सन्तुष्टि प्राप्त गर्नेमा दुई जनाबीचको गुणस्तरीय संवाद गर्ने सीप नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ । जोडीमा अन्य केही समस्या छैन भने पनि कहिलेकाहीं यौनका बारेमा वा भनौं दुवैको शरीरलाई राम्रोसँग बुझ्न नसकिएको अवस्थामा ठूलो समस्या उत्पन्न भएका धेरै उदाहरण छन् । विवाहपछिको यौन सम्बन्धका बारेमा विभिन्न अध्ययन भएका छन् । ती अध्ययनअनुसार लगभग ८० प्रतिशत विवाहको दुईदेखि तीन वर्षको अवधि एकअर्काप्रतिको आकर्षण, रमाइलोपन कायम रहने अवस्था हो । त्यसकारण तपाईंको श्रीमान्मा यौन निष्क्रयतासम्बन्धी कुनै समस्या भएको हुन सक्छ । यसका लागि चिकित्सकसँग सम्पर्क गर्नुपर्ने हुन्छ । यदि तपाईंको यौनचाहना बढी र श्रीमान्को कम हो भने यसलाई अस्वाभाविक भन्न मिल्दैन । किनभने हरेक व्यक्तिको यौन इच्छा फरक-फरक हुन्छ, यदि यौन चाहना घटीबेसी होे भने दुई व्यक्तिको यौनइच्छा भिन्नताका बारेमा बुझ्नु आवश्यक हुन्छ । कोही दैनिक त्यस्तो सम्बन्ध चाहन्छन् भने कोही महिनामा एक-दुई पटक । तपाईंहरू दुवैले कहिलेकाहीं हुने र सधैं हुनेलाई ठूलो समस्या वा स्वस्थ नभएको भनेर बुझ्नु उचित हुँदैन । आफ्ना श्रीमान्मा कुनै खराबी छ भनेर सोच्नुभन्दा तपाइर्ंहरू दुवैको यौन इच्छा फरक छ भनेर बुझ्नु र कसरी एक-अर्काको यौनचाहनालाई सम्मान दिने भनेर चिन्तन गर्नु उचित हुन्छ । यसरी एक-अर्कालाई दोष लगाउँदा विभिन्न समस्या सिर्जना हुन सक्छ र सम्बन्ध अझ जटिल बन्दै जान्छ । दुई जनाबीच यौनचाहनालाई लिएर भावना साटासाट वा भावना सञ्चार गर्नुपर्ने हुन्छ । त्यसैले आफू आकर्षक बन्ने, परिवेश यौनमय बनाउने, हाँसखेल गर्ने, यौनअंगहरूलाई उत्तेजित मुडमा सुमसुम्याउने, गुणस्तरीय लुबि्रकेन्ट्स प्रयोग गर्ने, एकअर्काको शरीर तथा भावनालाई बुझ्नु प्रयास गर्ने कामहरू गर्नुहोस् ।

0 comments for "श्रीमान्को मसितको यौनसम्बन्धमा रुचि छैन"

Leave a reply

    Popular Posts

    Blog Archive