Published On:Friday, March 6, 2015
Posted by Unknown

ललितपुरमा पनि स्वाइन फ्लुबाट एकको मृत्यु


२३ फागुन, ललितपुर,स्वाइन फ्लु संक्रमणबाट राजधानीको मोडेल अस्पतालमा एक महिलाको मृत्यु भएको एक साता नबित्दै ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलजेमा पनि स्वाइन फ्लुबाट ४० वर्षीय पुरुषको मृत्यु भएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

किस्ट अस्पतालका अनुसार ती व्यक्तिमा धेरै छिटो निमोनियाको लक्षण विकसित भएर एन्टिबायोटिक उपयोग गरिएपनि संक्रमण नियन्त्रण गर्न नसकिएपछि मृत्यु भएको हो ।
किष्टका निर्देशक डाक्टर ऋषिकेशनारायण  श्रेष्ठले अत्यन्त तीव्र गतिले विकसित भएको निमोनियाले ती व्यक्तिको मृत्यु  भएको बताए ।

0 comments for "ललितपुरमा पनि स्वाइन फ्लुबाट एकको मृत्यु"

Leave a reply

    Popular Posts

    Blog Archive