Published On:Wednesday, March 4, 2015
Posted by Unknown
१५ लाखमा किनेर बिहे गरेको रहेछ
२१ फागुन, काठमाण्डौ,-अघिल्ला तीन दिन झैँ त्यस दिन पनि चिनियाँ युवकले उनलाई जर्वजस्ती गर्न खोज्याे । उनले मानिनन् । चिनियाँ नागरिकसँग कोर्ट म्यारीज गरी चीनकै एक विकट गाँउ पुगेकी ती नेपाली युवतीले संकल्प गरेकी थिईन, बरु मर्छु शरीर सुम्पिन्नँ ।
घटना यही २०७१ माघ २४ गते रातको हो । जर्वजस्ती गर्न खोज्ने अरु ब्यक्ति होइनन् आफ्नै लोग्ने थिए कागजी हिसावले । ब्यवहार भने उनीहरुबीच यसअघि पति पत्नीको कुनै सम्बन्ध गाँसिएको थिएन ।
करिव ९ बजे हुँदो हो । त्यस दिन जर्वजस्ती गर्न नपाएपछि त्यो केटाले रक्सीको बोत्तल खोल्याे, र चुरोट सल्काउँदै कोठाको छेउमा बसेर पिउन थाल्यो ।
निदाएर संगिताले एक्टिङ गरीन र नेपाल र्फकन सफल भएपछि सिआइबी कार्यालयमा उनले कथा सुनाईन । पछि उनले आफूले १५ लाखमा किनेर बिहे गरेको थाहा पाईन ।


