Published On:Wednesday, March 4, 2015
Posted by Unknown
विश्वकपमा अष्ट्रेलियाको कीर्तिमानी जित
२० फाल्गुन, काठमाडौ, विश्वकप क्रिकेटमा बुधबार अष्ट्रेलियाले कीर्तिमानी जित दर्ता गरेको छ। बुधबार अफगानिस्तानविरुद्धको खेलमा अष्ट्रेलियाले ठूलो स्कोर र सबैभन्दा ठूलो अन्तरको जितको कीर्तिमान बनाएको हो।टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाएर ४ सय १७ रनको बिशाल स्कोर बनाएको थियो। यसअघि २००७ मा भारतले बर्मुडाविरुद्ध ५ विकेट गुमाएर बनाएको ४११ रन नै सर्वाधिक रन थियो।
यो विश्वकपको इतिहासकै ठूलो स्कोर पछ्याएको अफगानिस्तान ३७.३ ओभरमा अलआउट हुँदै १४२ रनमा खुम्चिदाँ अष्ट्रेलियाले किर्तिमानी जित दर्ता गरेको हो।
यसअघि २००७ मा भारतले बमूर्डालाई र २०१५ मा दक्षिण अफ्रिकाले वेष्टइण्डिजलाई समान २५७ रनले पराजित गरेको थियो


