Published On:Monday, March 16, 2015
Posted by Unknown

काठमाडौं-तराई द्रूतमार्ग डीपीआरमा समझदारी


 ०३ चैत्र,काठमाण्डौ - भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र इन्फ्रास्टकचर लिजिङ एण्ड फाइनान्सिङ सर्भिस लिमिटेड (आईएल एण्ड एफएस) बीच काठमाडौं- तराई द्रूतमार्ग निर्माणका लागि डिटेल इन्जिनियरिङ रिपोर्ट (डीपीआर) तयार गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । यससँगै बहुप्रतिक्षित राष्ट्रिय गौरवको यो आयोजना बन्ने संभावना बढेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

मन्त्रालयका तर्फबाट काठमाडौं-तराई द्रूतमार्ग आयोजना प्रमुख सत्येन्द्र शाक्य र आईएल एण्ड एफएसका कार्यकारी निर्देशक मुकुन्द साप्रेले सोमबार समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । हस्ताक्षर पछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र नीधिले खुशी व्यक्त गरे । 'द्रूतमार्गको डीपीआर र लागतका सम्बन्धमा थुप्रै भ्रम छन्,' उनले भने, 'डीपीआरबाट यो आयोजनाको लागत यकिन हुनेछ ।' उनले डीपीआर आईएल एण्ड एफएसले आफ्नै लागतमा तयार गर्ने बताए ।

0 comments for "काठमाडौं-तराई द्रूतमार्ग डीपीआरमा समझदारी"

Leave a reply

    Popular Posts

    Blog Archive