Published On:Wednesday, March 4, 2015
Posted by Unknown

यसरी भयो टर्किस जहाज दुर्घटना ?


२१ फागुन, काठमाण्डौ, - त्रिभुवन विमानस्थल स्रोतका अनुसार टर्किस जहाज दुर्घटना पर्नुको कारण ‘प्रतिकूल मौसम' हो। अवतरण गर्ने बेला धावनमार्गको ‘भिजिबिलिटी' (जहाजको ककपिटबाट पाइलटले सिधा देख्नसक्ने दुरी) पर्याप्त भए पनि पांग्राले धावनमार्ग छुने समयमै हुस्सु आउँदा यो दुर्घटना भएको स्रोत बताउँछ।
‘टर्किसको जहाज पहिलोपटक ल्यान्ड गर्न आउने बेला र दोस्रोपटक फर्केर आउँदा धावनमार्गको भिजिबिलिटी एक हजार मिटर थियो,' स्रोतले बुधबार नागरिकसँग भन्यो, ‘नौ सय मिटर भिजिबिलिटी हुँदासम्म अवतरण गर्न सक्ने टर्किस एयरलायन्सको नियम छ।'
स्रोतका अनुसार पहिलोचोटि कोटेश्वरमाथि आइपुग्दा एक्कासि हुस्सुले ककपिट अगाडिको भाग छेकिन पुगेको थियो। त्यसपछि ओभरसुट गरेको जहाज २५ मिनेट आकाशमै फन्को मार्दै दोस्रोपटक आएर टचडाउन गर्ने बेला दुर्भाग्यवश फेरि हुस्सुले अगाडिको भाग छेक्न पुग्यो।
‘धावनमार्गबाट दुई–चार मिटर माथि त्यस्तो भएपछि चालकदलको अगाडि कुनै विकल्प हुँदैन,' लामो समय जहाज उडाएका एक वरिष्ठ क्याप्टेनले भने, ‘त्यस्तो अवस्थामा जहाज कमान्ड गरिरहेका क्याप्टेनले अवतरण गराउनैपर्छ। टर्किसका ती क्याप्टेनले पनि त्यही गरे। उनले के भेउ पाएनन् भने जहाज धावनमार्गको बीचमा नकुदेर बायाँ पांग्रा चौर र दायाँ पांग्रा धावनमार्गमा पर्योप।'
सम्भावित कारण

लामो समय नेपाल वायुसेवा निगमको बोइङ ७५७ जहाज उडाएका एक वरिष्ठ क्याप्टेनका अनुसार टर्कीको इस्तानबुलबाट काठमाडौंसम्मको हवाई दुरी झन्डै साढे सात घन्टाको छ। त्यसमाथि उताबाट मध्यराति उड्ने र यहाँ आइपुग्दा बिहान झिसमिसे हुने गर्छ।
‘क्याप्टेन र को–पाइलटलाई केही थकान महसुस हुनु स्वाभाविक हो,' उनले भने, ‘लामो दुरी पार गरेर आइपुग्नु र अवतरण गर्न धावनमार्ग नजिक पुगेर ओभरसुट गर्नुपरेपछि चालकदललाई थप दबाब परेको हुनसक्छ।'
झन्डै २ लाख किलो तौलको उक्त जहाजलाई धावनमार्गमै पुगेर ओभरसुट गर्दा उडान गरेभन्दा बढी बल लगाउनुपर्ने उनले बताए। ‘
यो असाध्यै गाह्रो काम हो,' उनले भने, ‘लामो दुरी पार गरेर थकित हुनु, त्यसमाथि ओभरसुट गर्नु अनि अर्को आधा घन्टाजति आकाशमै होल्ड गर्नु र फेरि दोहोर्याेएर अवतरण गराउँदा चालकदललाई मानसिक दबाब पर्नु अस्वाभाविक होइन।'
त्रिभुवन विमानस्थल स्रोतले भने टर्किसका पाइलटले ‘धावनमार्गको सही आँकलन' गर्न नसक्दा जहाज चिप्लिएर बायाँतिर चौरमा पुगेको दाबी गर्योा। ‘पाइलट डिस्ओरिएन्टेड भएका हुन् कि भन्ने हाम्रो प्रारम्भिक अनुमान छ,' स्रोतले भन्यो।
 
ठूलो दुर्घटना टर्यो

टर्किसको ए३३० सिरिजको उक्त जहाज अवतरण गर्ने बेलासम्म ३५ टन इन्धन बाँकी थियो। काठमाडौंमा लगातार दुई दिन परेको वर्षाले धावनमार्ग छेउका चौर हिलाम्मे भएका थिए। यसले जहाज चिप्लिएर चौरमा धस्सिए पनि पानी र हिलोका कारण आगलागी हुन नपाएको विमानस्थल अधिकारीहरू बताउँछन्।
‘भाग्यवश ठूलो दुर्घटना टर्योर,' ती अधिकारीले भने, ‘गर्मी महिनामा यस्तो भएको भए कसैले नसोचेको घटना हुने निश्चित थियो।'   नागरिक दैनिक लेख्छ 

0 comments for "यसरी भयो टर्किस जहाज दुर्घटना ?"

Leave a reply

    Popular Posts

    Blog Archive