Published On:Wednesday, March 11, 2015
Posted by Unknown
सही लाइफ पार्टनरको लागि मल्टिपल डेटिङ्ग
कुनै केटीले चार पाच जनासँग डेटिङ्ग गर्ने गरेको भन्नेकुरा सुन्ने बित्तिकै सो केटी चरित्रहीन रहेको भन्ने भावना जागृत हुन्छ । तर हालै भएको एक अध्ययनको निष्कर्श सबैको लागि आश्चर्यजनक हुन सक्छ । केही समय अगाडि १३ वटा मल्टि नेशनल कम्पनिहरुमा काम गर्ने केटीहरु बीच भएको एउटा अध्ययनमा ३४ प्रतिशत केटीहरुले मल्टिपल डेटिङ्ग गरेको निष्कर्श सामुन्ने आएको छ । यद्यपि केटीहरुले मल्टिपल डेटिङ्ग गर्नुको कारण मनोरञ्जन नभएर आफ्नो लागि सहि जीवन साथीको चयन रहेको छ । अध्ययनको निष्कर्शमा ३४ प्रतिशत केटीहरु आफ्नो पसन्द अनुसार आफ्नो लागि लाइफ पार्टनरको चयन गर्न एक साथ तीन चार जनासँग डेटिङ्ग गर्ने गरेको पाइयो । भारतको पुनामा समेत यो कन्सेप्ट प्रयाप्त देखिएको पाइएको छ । काउन्सलरहरु सुखी वैवाहिक जीवनको लागि यो कन्सेप्ट गलत पनि नरहेको बताउछन् ।
मल्टिपल डेटिङ्गको लागि डेटिङ्ग साइटको प्रयोग पनि प्रशस्त गर्ने गरिन्छ । ब्रिटेनमा १० लाख भन्दा बढी केटीहरु यी डेटिङ्ग साइटसको प्रयोग गर्छन् । लगभग चार लाख केटीहरुले प्रत्येक साता यी डेटिङ्ग साइटको प्रयोग गर्छन् । महत्वपूर्ण के छ भने डेटिङ्ग साइटस प्रयोगकर्ताहरुमा केटाहरु भन्दा केटीहरुको संख्या बढी रहेको छ । यसको सोझो अर्थ ब्वायफ्रेन्डसँग धोका हो, यद्यपि उनीहरु यसलाई धोका मान्दैनन् ।
खबर अनुसार केटीहरु रिलेशनशिपलाई लिएर असुरक्षित महशुस गर्छन् । गलत पार्टनरसँग रहनुको साटो उनीहरु एक्लै रहन मन पराउछन् त्यसैले परफेक्ट लाइफ पार्टनर चयन गर्न यस माध्यमलाई निकै प्रयोग गर्छन् ।
अमेरिकन बेवसाइट एल्ने मेडिसनको २००० व्यक्तिहरुमाथि गरिएको सर्वेमा पनि यो कुरा सामुन्ने आएको छ की रिलेशनशिपमा बढदो असुरक्षाका कारण मल्टिपल डेटिङ्गको ट्ेरण्ड बढी रहेको पाइएको छ । यसको लागि उनीहरु स्टकिङ र एफबी एकाउन्टको पनि मद्दत लिने गर्छन् । अध्ययनमा २२ प्रतिशत केटीहरु धोकाधडीको भयले सताइ रहन्छ । अध्ययनको निष्कर्श अनुसार केटाहरु मल्टिपल डेटिङ्ग मात्र मौजमस्तीका लागि गर्छन् भने केटीहरु राम्रो पार्टनरको खोजीमा मल्टिपल डेटिङ गर्छन् । यद्यपि केही केटीहरु मात्र मनोरञ्जनको लागि मल्टिपल डेटिङ्ग गर्छन् ।



