Published On:Saturday, March 7, 2015
Posted by Unknown

सल्यानटारमा अन्तराष्ट्रिय विमान स्थल बनाउन सन्चार मन्त्रीलाई लिखित आग्रह


२४ फागुन धादिङबेसी  । धादिङको सल्यानटारमा बैकल्पिक अन्र्तराष्ट्रिय विमान स्थल निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न नेपाली कांग्रेस धादिङका सभापती एवम् पुर्व सांसद रामनाथ अधिकारीले सरकारका प्रवक्ता एवम सूचना तथा संचार मन्त्री डाक्टर मिनेन्द्र रिजाललाई लिखित आग्रह गरेका छन् ।
धादिङको सदरमुकाम धादिङबेसी आईपुगेका मन्त्री रिजाललाई धादिङवासीको तर्फवाट आग्रह पत्र बुझाउंदै अधिकारीले १३ किलोमिटर लम्वाई र ३ किलो मिटर चौडाईमा फैलिएको धादिङको सल्यानटारमा विमानस्थल निर्माण गर्न सकिने तर्फ सरकारको ध्यानाकर्र्षण  गराएका हुन् । सल्यानटार बहुचर्चित १२ सय मेगावाटको प्रस्तावित बुढिगण्डकी जल बिद्युत्त आयोजनाको छेउमा रहेको देशकै ठूलो टार हो । धादिङबासीले राखेका मागका बिषयमा अव वस्ने मन्त्री परिषदको बैठकमा छलफलका लागि पेश गर्ने मन्त्री रिजालले बताएका छन् ।

नेपाली कांग्रेसका नेता समेत रहेका मन्त्री रिजालले कांग्रेस पार्टीको भात्तृसगठन नेपाल बिद्यार्थी संघ र नेपाल महिला संघ धादिङको कार्यक्रमलाई शनिबार सम्वोधन गरेका हुन् । संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रममा सम्वोधन उनले –लोकतन्त्रका लागि प्रक्रिया भन्दा ठुलो केही नहुने भएकाले मधेशवादी दल र एमाओवादीलाई वाहिर राखेर संविधान निर्माण गर्न नेपाली कांग्रेसले कहिल्यै चाहेको बताए ।
संविधान सभा मार्फत संविधान वनाउने बिषयमा १२ बुंदे सम्झौतामा हस्ताक्षर गरेको एमाओवादी अहिले आंफैले सहमती तोडेर त्यसको दोष अरु दलमाथि थोपर्न लागि परेको पनि मन्त्री रिजालले बताए  । नेपाली कांग्रेस र एमाले लगायतका दल १२ बुंदे सम्झौता कार्यान्वयनमा रहेपनि सम्झौता तोड्ने तर्फ एमाओवादी लागिरहेको उनको आरोप थियो । शान्तिपूर्ण, लोकतान्त्रिक र बैधानिक प्रक्रियाबाट संविधान निर्माण गरिनेछ भन्ने १२ बुंदेमा सम्झौता भएकाले अहिले एमाओवादीलाई त्यो सम्झौता निल्नु र ओकल्नु बन्न पुगेको मन्त्री रिजालले बताए । धादिङ पोष्टबाट साभार

0 comments for "सल्यानटारमा अन्तराष्ट्रिय विमान स्थल बनाउन सन्चार मन्त्रीलाई लिखित आग्रह "

Leave a reply

    Popular Posts

    Blog Archive