Published On:Saturday, March 7, 2015
Posted by Unknown
बलिउड अभिनेता शारुख खान आज नेपाल आउँदै
२४ फागुन,काठमाण्डौ- बलिउड अभिनेता शाहरुख खान आइतबार नेपाल भ्रमणमा आउँदैछन् । यसअघि नै खान नेपाल आउने कार्यक्रम तय भएपनि हुन सकेको थिएन ।
चर्चित बलिउड अभिनेता खान आइतबार अपरान्ह ३ बजे निजी विमानबाट काठमाडौं आउन लागेका हुन् । आइतबार साँझ कान्साई न्यारोल्याकको भिआईपी लेभलको कार्यक्रममा उपस्थिति जनाउन खान नेपाल आउन लागेका हुन् ।
उनले आइतबार साँझ पत्रकारहरुसँग अन्तरक्रिया गर्ने भएका छन् ।उनको सुरक्षालाई लिएर सुरक्षा व्यवस्था चुस्तदुरुस्त पारिएको जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रहरी प्रमुख एसएसपी उत्तम कार्कीले नेपालपाटीडटकमलाई जानकारी दिए ।
आइतबार नेपाल भ्रमणमा आउन लागेका खान सोमबार विहान ९ बजे स्वदेश फर्कने कार्यक्रम छ ।



