Published On:Sunday, March 8, 2015
Posted by my storry

गुल्मी महोत्सवमा हेलिकप्टर

अनिल खत्री 
 फागुन २४
10922107_865978643465911_549510416_nपाचौ, छैठौ र सातौ दिन अर्थात  यहि फागुन २६, २७ र २८ गते हेलिकप्टरको ब्याबस्था हुने भएको हो । हेलिकप्टर द्धारा गुल्मी जिल्लाका ऐतिहासिक, पर्यटकिय, धार्मिक स्थलहरुको दृश्याबोलकन गर्न सकिने व्यावस्था गरिने भएको छ । हेलिकप्टर व्यावस्थापनको लागी पुर्व अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा ७ सदस्यि हेलिकप्टर व्याबस्थापन समिती गठन भएको छ । समितीले हेलिकप्टर व्याबस्थापन सगै टिकट बुकिङ्गको गरि रहेको श्रेष्ठले बताउनु भयो ।
हेलिकप्टरमा १० मिनेट यात्राको ७ हजार ५ सय र ५  मिनेट यात्रा गरेको ४ हजार लाग्ने पुर्व अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले बताउनु भयो । अहिले हेलीकप्टर को व्यावस्था हुने भएसगै महोत्सवमा थप आकर्षण हुने आयोजकले दावी गरेको छ । हेलीकप्टर यात्राको लागी अहिले अग्रीम टिकट बुकिङ्ग भैरहेको श्रेष्ठले बताउनु भयो टिकट महोत्सवको टिकट काउन्टर र सचिवालयमा गर्न समिने ब्यवस्था गरिएको आयोजकले बताएको छ ।
महोत्सवको आकर्षण तथा सेवाको लागी अबसरमा फागुन २६ र २७ गते लुम्बिनी मेडिकल कलेज पाल्पाको सहयोगमा स्त्रीरोग,हाडजोर्नी बिशेषज्ञ,सर्जरी बिशेषज्ञ डाक्टर एबं तम्घास अस्पताल, रेसुङ्गा हस्पिटल प्रालिका डाक्टर द्धारा बिषज्ञय निसुल्क स्वाथ्य शिबिर संञ्चालन गर्ने व्यावस्था मिलाईएको छ । 
शिबिर ब्यावस्थापनको लागी शेर बहादुर थापाको अध्यक्षतामा ७ सदस्यि समिती गठन भएको दोस्रो गुल्मी महोत्सव संचिवालय संयोजक एबं महासचिव कृष्णप्रसाद पोखरेलले जानकारी दिनु भयो । महोत्सवमा बिभिन्न कृषि औधोगिक बस्तुहरुको १ सय ६४ वटा स्टल रहेका छन भने महोत्सव यहि फागुन ३० गते सम्पन्न हुदैछ ।

0 comments for "गुल्मी महोत्सवमा हेलिकप्टर "

Leave a reply

    Popular Posts

    Blog Archive