Published On:Monday, March 16, 2015
Posted by Unknown
प्रचण्डले भने - ज्ञानेन्द्रभन्दा कांग्रेस एमाले बलिया
०३ चैत्र,काठमाण्डौ - एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालिन राजा ज्ञानेन्द्रभन्दा अहिलेका कांग्रेस, एमाले शक्तिशाली भएको बताएका छन् । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
उनले आगामी आन्दोलन घोषणाका लागि सिंहदरबारमा आइतबार साँझ बसेको ३० दलीय मोर्चाको बैठकमा भने तत्कालिन राजा ज्ञानेन्द्रसँग सेनामात्र थियो जनता थिएनन् तर अहिले कांग्रेस एमालेसँग राज्यशक्ति र कार्यकर्ता पनि छन् ।
नेपाल सद्भावनाका अध्यक्ष राजेन्द्र महतोले हाम्रो आन्दोलन वार्ताका लागि हो कि उपलब्धका लागि भन्दै दाहाललाई कुनैपनि संसदस्य कार्यक्रममा भाग नदिलन भनेका थिए ।



