Published On:Tuesday, March 10, 2015
Posted by Unknown
भारतले आयरल्यान्डलाई ८ विकेटले हरायो
२६ फागुन काठमाडौं - विश्वकप क्रिकेट २०१५ अन्तर्गतको भर्खरै सम्पन्न खेलमा भारतले आयरल्यान्डलाई ८ विकेटले पराजित गरेको छ।
टस जितेर पहिले ब्याटिङ गर्दै आयरल्यान्डले प्रस्तुत गरेको २ सय ६० रनको लक्ष्य भारतले ३७ ओभर खेल्दै २ विकेटको क्षतिमा पूरा गरेको हो। भारतका लागि रोहित शर्मा र शिखर धवनले पहिलो विकेटका लागि कीर्तिमानी साझेदारी गरेका थिए। १ सय ७४ रनको साझेदारी गर्दै रोहित शर्मा ६४ रनको व्यक्तिगत स्कोरमा आउट भए भने धवनले शतक पूरा गरे। जारी विश्वकपमा यो उनको दोस्रो शतक हो। ८५ बलको सामना गरेका उनले ११ चौका र ५ छक्का प्रहार गरेका थिए।
यसैगरी अविजित रहेका विराट कोहलीले ४४ र अजिन्का रहानेले ३३ रन जोडे।
यसअघि आयरल्यान्डले ४९ ओभरमा अलआउट हुँदै २ सय ५९ रन बनाएको थियो। आयरल्यान्डका लागि लागि विलियम पोर्टरफिल्ड र पल स्टर्लिङले पहिलो विकेटका लागि ८९ रनको महत्वपूर्ण साझेदारी गर्दै राम्रो सुरुवात गरेका थिए।
स्टर्लिङ ४२ रन बनाएर आउट भए। विलियम पोर्टरफिल्डले ६७ रन बनाए। यस्तै बाल्बेर्नीले २४ रन बनाए। ओब्रायनले ७५ रन बनाए। यता भारतका लागि मोहम्मद सामीले ३ तथा आर अश्वीनले २ विकेट हात लिए।


