Published On:Wednesday, March 11, 2015
Posted by Unknown

निजी विद्यालयमा पुरुष भन्दा महिला शिक्षक धेरै


२८ फागुन, काठमाडौं । नेपालका निजी विद्यालयमा पुरुषभन्दा महिला शिक्षकको संख्या बढी रहेको पाइएको छ । शिक्षा विभागको पछिल्लो तथ्यांकअनुसार सामुदायिक विद्यालयमा प्राथमिक तहमा महिला शिक्षकको संख्या बढ्दै गए पनि निजीमा महिला शिक्षक धेरै रहेको पाइएको नयाँ पत्रिकामा खबर छ ।
school_teacher5
शिक्षा विभागको ०७१ को फ्लास १ रिपोर्टअनुसार निजी विद्यालयमा आधारभूत तह (कक्षा एकदेखि आठसम्म) मा महिला शिक्षक ३२ हजार ४७ र पुरुष शिक्षक ३१ हजार दुई सय ९२ रहेका छन् । जसमध्ये प्राथमिक तह कक्षा एकदेखि पाँचसम्ममा ४७ हजार सात सय ६२ शिक्षक रहेकामा महिला २५ हजार दुई सय ४९ र पुरुष २२ हजार पाँच सय १३ रहेका छन् । त्यस्तै निमावि तहमा १५ हजार शिक्षक रहेकामा ६ हजार सात सय ९८ महिला र आठ हजार सात सय ७९ पुरुष रहेका छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सनका महासचिव डिके ढुंगानाले महिला शिक्षकहरुको सक्षमता र स्थायित्वका कारण संख्या धेरै रहेको बताए ।
महिला शिक्षकका कारण विद्यार्थी नियमति हुने र ड्रप घटाउनमा सहयोग पुगेको छ ।
-

0 comments for "निजी विद्यालयमा पुरुष भन्दा महिला शिक्षक धेरै"

Leave a reply

    Popular Posts

    Blog Archive