Published On:Wednesday, March 11, 2015
Posted by Unknown
उपनिर्वाचनमा कांग्रेस र एमालेबीच मुख्य भिडन्त,
एमाओवादीका शर्मालाई संकट
२८ फागुन, बागलुङ, क्षेत्र नं. १ मा संविधान सभा उपनिर्वाचनको चहलपहल सुरु भएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी र राष्ट्रिय जनमोर्चाका उम्मेदवारको चुनावी प्रचारप्रसार सुरु भइसकेको छ । चैत २८ गते हुन लागेको उपनिर्वाचनमा नेपाली कांग्रेस आफ्नो सिट जोगाउने योजनामा छ भने एमाले र माओवादी सिट संख्या थप्ने योजनामा छन् ।
तत्कालिन कांग्रेस सभासद हरिबहादुर खड्काको सवारी दुर्घटनामा निधन भएपछि कांग्रेसले उनकी पत्नी चम्पालाई चुनावी मैदानमा उतारेको छ । उनलाई सहानुभूतिको भोट आउने कांग्रेस नेताहरुको विश्वास छ । नेपाली कांग्रेसको पकेट क्षेत्रको रुपमा चिनिएको बागलुङ १ मा कांग्रेसभित्रै अन्तरकलह रहेको छ ।
आगामी महाधिवेशन नजिकिएको अवस्थामा शेरबहादुर देउवा निकट चम्पालाई सभापति सुशील कोइराला निकटले नै भोट नहाल्ने स्थिति रहेको स्थानीय कांग्रेस नेताहरु बताउँछन । उनीहरुको विचारमा कांग्रेसमा स्थानीय जनताको मन जित्न सक्ने नेताहरु धेरै थिए । तर ती नेताहरुलाई कांग्रेस केन्द्रले चिन्न सकेन ।
निकै चर्चित नेताको रुपमा स्थापित हरिबहादुर खड्काले एमालेका तत्कालिन उम्मेदवार हिरा केसी भन्दा करिव १२ सय मत अन्तरले जितेका थिए । स्थानीय तहमा एमालेले हिरालाई नै उम्मेदवार बनाउने आकलन थियो । तर एमाले स्थायी समिति बैठकले बैकल्पिक केन्द्रीय सदस्य मनकुमारी केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उनी पनि चर्चित स्थानीय महिला नेतृको रुपमा चिनिएकी छिन । हिराको तुलनामा मन निकै कमजोर उम्मेवार भएको स्थानीयको विश्लेषण छ । उपनिर्वाचनका सन्दर्भमा निर्वाचन परिचालन सम्बन्धी सम्पूर्ण कामको समन्वय गर्न महासचिव ईश्वर पोखरेललाई जिम्मा दिने निर्णय एमाले स्थायी समिति बैठकले गरेको छ ।
३० दलीय मोर्चाको तर्फबाट भन्दै एकीकृत नेकपा माओवादीले प्रवक्ता दिनानाथ शर्मालाई उम्मेदवार बनाएको छ । कांग्रेस र एमालेको तुलनामा माओवादी उम्मेदवार शर्मा निकै कमजोर देखिएका छन् । शर्मा केन्द्रीय नेता भएपनि एमाओवादीको संगठन बलियो नभएकाले शर्मालाई चुनाव जित्न फलामको चिउरा चपाए सरह हुने धौलागिरी बहुमुखी क्याम्पसका एक शिक्षकले बताए । उनका अनुसार शिक्षामन्त्री भएको बेलामा पनि स्थानीय भएपनि शर्माले बागलुङको शैक्षिक विकासमा कुनै भूमिका खेलेनन् । तर माओवादीका स्थानीय नेताहरु भने शर्माको पुरानो गाऊ पनि यही क्षेत्रमा पर्ने र आफन्तहरुको बस्ती पनि ठूलो भएकाले चुनाव जित्ने दावी गर्छन । माओवादीको दावी अनुसार संघीय समाजवादी पार्टीको भोट शर्माको जीतका लागि निर्णायक हुनेछ ।
स्थानीय समाजसेवीहरुका अनुसार मुख्य गरी कांग्रेस र एमालेबीच नै यस पटकको उपनिर्वाचन हुनेछ । दुई पार्टीका उम्मेदवारबीच थोरै मतको अन्तरले मात्र हारजित हुने उनीहरुको प्रारम्भीक विश्लेषण छ ।
राष्ट्रिय जनमोर्चाले पनि स्थानीय नेता नेत्रबहादुर मगरलाई चुनावी मैदानमा उतारेको छ । जनमोर्चाले २५ सयसम्म भोट ल्याउन सक्ने स्थानीय बताउँछन ।@nepalpati