Published On:Thursday, March 12, 2015
Posted by Unknown

ठेकेदारद्वारा मेलम्चीको काम रोक्ने चेतावनी


२९ फागुन, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको ठेकेदार इटालियन को-अपेराटिभा मुरातोरी एन्ड केमेन्टेस्टी (सीएमसी)ले थप भुक्तानी नपाए सुरुङ खन्ने काम नै रोक्ने चेतावनी दिएको छ । आर्थिक समस्इा भएको जिकिर गर्दै उसले तत्काल थप १० करोड रुपैयाँ भुक्तानी पनि मागेको छ । आयोजना विकास समितिले उसको माग अस्वीकार गरिसकेको छ ।
Melamchi
ठेक्का सम्झौतालगत्तै समितिले उसलाई कुल ठेक्का रकमको २० प्रतिशत अर्थात १ अर्ब ७२ करोड रुपैयाँ परिचालन पेस्की रकम दिइसकेको छ । ७ अर्ब ७० करोड रुपैयाँमा समिति र सीएमसीबीच ठेक्का सम्झौता भएको कारोबारमा खबर छ ।
‘परिचालन पेस्की बराबरको काम नगरेपछि हामी उसलाई थप रकम दिने पक्षमा छैनौं,’ मेलम्चीका एक अधिकारीले भने, ‘काम गरेको भन्दा थप रकम मागेर उसले सुरुङ खन्ने गतिलाई घटाउँदै लगेको छ ।’
उसले मासिक १२ सय मिटरसम्म सुरुङ खन्ने कार्ययोजना प्रस्तुत गरे पनि हाल घटाएर ६ सय मिटरमा भारेको ती अधिकारीले बताए । ठेक्का सम्झौता भएको डेढ वर्षमा उसले साढे ४ किलोमिटरमात्र सुरुङ खनेको छ । यसअघि ठेकेदार चाइना रेल्वे-१५ व्युरो कर्पोरेसनले ६ किलोमिटर सुरुङ खनेपछि ठेक्का तोडिएको थियो ।
‘ठेकेदारले समयमै सुरुङ खन्ने काम नसकेर अड्को थाप्दै ढिलाई गर्न थालेको छ,’ ति अधिकारीले भने-‘चाइना रेल्वेले काम गरेन भनेर ठेक्का तोडी प्रतिस्पर्धाबाट इटालियन ठेकेदार छनोट गरियो, यो पनि उस्तै रहेछ ।’ सम्झौता अनुसार काम सक्न र बील भरपाइ पेस गर्न आग्रह गर्दा अस्वीकार गरी थप रकममात्र माग गरेकेा उनले बताए । उनले भने-‘काम गरेको भए पो थप रकम दिनू ।’

0 comments for "ठेकेदारद्वारा मेलम्चीको काम रोक्ने चेतावनी"

Leave a reply

    Popular Posts

    Blog Archive