Published On:Monday, March 9, 2015
Posted by Unknown
बंगलादेश दोस्रो चरणमा, इंल्याण्ड बाहिरियो
२५ फागुन काठमाडौं - विश्वकप क्रिकेटमा बलियो प्रतिद्वन्द्धी इंल्याण्डलाई हराउँदै बंगलादेश दोस्रोचरणमा प्रवेश गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरको खेलमा ७ विकेट गुमाउँदै २७५ रन बनाएको थियो। २७६ रनको विजयी लक्ष्यसहित मैदानमा आएको इंल्याण्ड ४८.३ ओभरमा अलआउट हुँदै २६० रनमा समेटिएको हो।
समूहगत चरणको अन्तिम खेलमा बंगलादेशले न्युजिल्यान्ड र इङल्यान्डले अफगानिस्तानको सामना गर्नेछ। आयोजकसमेत रहेको न्युजिल्यान्डलगातार पाँच खेल जितेर उपाधि दाबेदारका रूपमा उभिएको छ। यता अफगानिस्तान पनि इङल्यान्डसँग अप्रत्याशित नतिजा निकाल्न सक्ने स्थितिमा देखिँदैन।
बंगलादेश विश्वकपमा यसअघि एक पटकमात्र दोस्रो चरणमा पुगेको छ। सन् २००६ को विश्वकपमा भारतलाई स्तब्ध बनाउँदै बंगलादेश दोस्रो चरणमा पुगेको थियो। यस पटक बंगलादेशले अफगानिस्तान र स्कटल्यान्डलाई हरायो भने श्रीलंकासँग हार व्यहोर्यो। वर्षाका कारण खेल रद्द भएपछि बंगलादेशले अस्ट्रेलियासँग भने अंक बाँड्यो।



